शुक्रबार, वैशाख २५, २०८३

पलायन हुने हैन, देश बनाउन लाग्नुपर्छ: प्रधानमन्त्री

मेरोन्यूज २०८१ फागुन २७ गते १९:२८

बेलबारी (मोरङ) । प्रधानमन्त्री केपी शर्मा ओलीले आमयुवा विद्यार्थीलाई पलायन हुने नभइ देश निर्माणमा लाग्न आग्रह गरेका छन्।

Advertisement
NiccNicc

आज यहाँ पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति ओलीले देश र जनताका लागि ईमान्दारीपूर्वक सेवा गर्नुपर्नेमा जोड दिए। उनले विश्वविद्यालयमा आर्जेको ज्ञान देशकै हितमा लगाउनुपर्ने र त्यसका लागि सहज वातावरण बनाउन सरकारले सम्पूर्ण रूपमा प्रयत्न गरिरहेको बताए।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयको विकासका लागि संघीय सरकारको पूर्ण साथ र सहयोग रहने बताए।

दीक्षान्त समारोहमा आठ हजार एक सय ५० विद्यार्थी दीक्षित भएको विश्वविद्यालयका सूचना अधिकारी टेकप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार कला संकायतर्फ दुई सय चार, कानुनतर्फ चार सय ९७, शिक्षाशास्त्रतर्फ नौ सय छ, व्यवस्थापनतर्फ दुई हजार २४९, चिकित्साशास्त्रतर्फ दुई हजार १९८, विज्ञान तथा प्रविधि संकायतर्फ छ सय ५४ तथा इञ्जिनियरिङतर्फ एक हजार ४४२ विद्यार्थी दीक्षित भएका छन्।

प्रतिक्रिया