कार्यसम्पादन मूल्याङ्कनमा मेरिङदेन जिल्लामा पहिलो

ताप्लेजुङ । संघीय सरकार अन्तर्गत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा ताप्लेजुङका नौ मध्ये मेरिङदेन गाउँपालिका उत्कृष्ट बनेको छ । मेरिङदेन ६९।१४ अंक प्राप्त गर्दै उत्कृष्ट भएको हो ।
एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सिदिङ्वा सबैभन्दा कमजोर देखिएको छ । उसले ४५।७२ अंक प्राप्त गर्यो ।
पाथीभरा याङवरक ६७।६५ अंक सहित दोस्रो, मैवाखोला ६४।६२ सहित तेस्रो भएका छन् । गतवर्ष मैवाखोला गाउँपालिका कोशी प्रदेशकै उत्कृष्ट बनेको थियो । आठराई त्रिवेणीले ५८।६७, फक्ताङलुङले ५८।६० अंक प्राप्त गर्दा जिल्लाको एकमात्र फुङलिङ नगरपालिकाले ५६।९६ अंक प्राप्त गरेको छ । समग्रमा नगरपालिका जिल्लाको छैटौं स्थानमा रहेको छ । सिरिजंगाले ५६।४३, मिक्वाखोलाले ४९।४५ अंक प्राप्त गरेको आयोगद्वारा प्रकाशित विवरणमा उल्लेख छ ।
आयोगले गाउँकार्यपालिका र नगरकार्यपालिकाले २०८१ असार १० गतेभित्र आर्थिक वर्ष २०८१र८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा र नगरसभामा पास गरेरनगरेको हेर्ने गरेको छ । राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभाबाट असार मसान्तभित्र पारित गरेरनगरेको, घर जग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनु पर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरेरनगरेको पनि हेर्ने गरेको छ ।













माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
प्रतिक्रिया