कार्यसम्पादन मूल्याङ्कनमा मेरिङदेन जिल्लामा पहिलो

ताप्लेजुङ । संघीय सरकार अन्तर्गत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा ताप्लेजुङका नौ मध्ये मेरिङदेन गाउँपालिका उत्कृष्ट बनेको छ । मेरिङदेन ६९।१४ अंक प्राप्त गर्दै उत्कृष्ट भएको हो ।
एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सिदिङ्वा सबैभन्दा कमजोर देखिएको छ । उसले ४५।७२ अंक प्राप्त गर्यो ।
पाथीभरा याङवरक ६७।६५ अंक सहित दोस्रो, मैवाखोला ६४।६२ सहित तेस्रो भएका छन् । गतवर्ष मैवाखोला गाउँपालिका कोशी प्रदेशकै उत्कृष्ट बनेको थियो । आठराई त्रिवेणीले ५८।६७, फक्ताङलुङले ५८।६० अंक प्राप्त गर्दा जिल्लाको एकमात्र फुङलिङ नगरपालिकाले ५६।९६ अंक प्राप्त गरेको छ । समग्रमा नगरपालिका जिल्लाको छैटौं स्थानमा रहेको छ । सिरिजंगाले ५६।४३, मिक्वाखोलाले ४९।४५ अंक प्राप्त गरेको आयोगद्वारा प्रकाशित विवरणमा उल्लेख छ ।
आयोगले गाउँकार्यपालिका र नगरकार्यपालिकाले २०८१ असार १० गतेभित्र आर्थिक वर्ष २०८१र८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा र नगरसभामा पास गरेरनगरेको हेर्ने गरेको छ । राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभाबाट असार मसान्तभित्र पारित गरेरनगरेको, घर जग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनु पर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरेरनगरेको पनि हेर्ने गरेको छ ।
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया