अमेरिकी युद्धविराम प्रस्तावलाई युक्रेनको समर्थन

काठमाडौँ । युक्रेनले अमेरिकी युद्धविराम प्रस्तावलाई समर्थन गरेको छ । अमेरिकी प्रस्ताव अनुसार, युक्रेनले रुससँग ३० दिनको सामान्य युद्धविराम गर्न सहमति जनाएको हो । बदलामा, अमेरिकाले सैन्य सहयोग र गुप्तचर साझेदारीमा लगाइएको प्रतिबन्ध हटाउन सहमत भएको छ ।
साउदी अरेबियामा शान्ति वार्तापछि जारी संयुक्त विज्ञप्तिमा दुवै पक्षले युक्रेनी खनिजको बारेमा सकेसम्म चाँडो सम्झौतामा पुग्न पनि सहमति जनाएको उल्लेख छ ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनले तत्काल, अस्थायी ३० दिने युद्धविराम लागू गर्ने अमेरिकी प्रस्ताव स्वीकार गर्न इच्छुकता व्यक्त गरेको छ, जुन पक्षहरू बीचको सहमतिमा विस्तार गर्न सकिन्छ, र यो रूसको स्वीकृतिमा निर्भर हुनेछ।’
विज्ञप्तिमा अमेरिकाले रुसलाई शान्ति स्थापना गर्न रुसको सहयोग आवश्यक छ भन्ने सन्देश पठाउने पनि उल्लेख छ । अमेरिकाले तुरुन्तै गुप्तचर जानकारी आदानप्रदानमा लगाइएको प्रतिबन्ध हटाउनेछ र युक्रेनलाई सुरक्षा सहयोग पुनः सुरु गर्नेछ ।
फेब्रुअरी २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बीच ओभल अफिसमा तनावपूर्ण बैठक भएको थियो । यस भेटमा दुई नेताहरूबीच युद्धविरामको बारेमा पनि बहस भएको थियो, त्यसपछि राष्ट्रपति ट्रम्पले युक्रेनलाई दिइँदै आएको सुरक्षा सहयोग बन्द गरेका थिए ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया