अमेरिकी युद्धविराम प्रस्तावलाई युक्रेनको समर्थन

काठमाडौँ । युक्रेनले अमेरिकी युद्धविराम प्रस्तावलाई समर्थन गरेको छ । अमेरिकी प्रस्ताव अनुसार, युक्रेनले रुससँग ३० दिनको सामान्य युद्धविराम गर्न सहमति जनाएको हो । बदलामा, अमेरिकाले सैन्य सहयोग र गुप्तचर साझेदारीमा लगाइएको प्रतिबन्ध हटाउन सहमत भएको छ ।
साउदी अरेबियामा शान्ति वार्तापछि जारी संयुक्त विज्ञप्तिमा दुवै पक्षले युक्रेनी खनिजको बारेमा सकेसम्म चाँडो सम्झौतामा पुग्न पनि सहमति जनाएको उल्लेख छ ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनले तत्काल, अस्थायी ३० दिने युद्धविराम लागू गर्ने अमेरिकी प्रस्ताव स्वीकार गर्न इच्छुकता व्यक्त गरेको छ, जुन पक्षहरू बीचको सहमतिमा विस्तार गर्न सकिन्छ, र यो रूसको स्वीकृतिमा निर्भर हुनेछ।’
विज्ञप्तिमा अमेरिकाले रुसलाई शान्ति स्थापना गर्न रुसको सहयोग आवश्यक छ भन्ने सन्देश पठाउने पनि उल्लेख छ । अमेरिकाले तुरुन्तै गुप्तचर जानकारी आदानप्रदानमा लगाइएको प्रतिबन्ध हटाउनेछ र युक्रेनलाई सुरक्षा सहयोग पुनः सुरु गर्नेछ ।
फेब्रुअरी २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बीच ओभल अफिसमा तनावपूर्ण बैठक भएको थियो । यस भेटमा दुई नेताहरूबीच युद्धविरामको बारेमा पनि बहस भएको थियो, त्यसपछि राष्ट्रपति ट्रम्पले युक्रेनलाई दिइँदै आएको सुरक्षा सहयोग बन्द गरेका थिए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया