मस्कको समर्थनमा अगाडी आए ट्रम्प, किने टेस्ला कार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको कम्पनी टेस्लाबाट एउटा सुन्दर रातो रंगको कार किनेका छन् ।
ट्रम्पले हालै सामाजिक सञ्जालमा मस्कलाई समर्थन गर्न टेस्ला कार किन्ने घोषणा गरेका थिए । यसपछि, मंगलबार ह्वाइट हाउस बाहिर मस्कको कम्पनीका ४-५ वटा गाडी पार्क गरिएका थिए, जसमा साइबर ट्रक पनि थियो । यी मध्ये ट्रम्पले आफ्नो लागि रातो कार रोजेका थिए ।
ट्रम्पले सरकारी दक्षता विभागका प्रमुख मस्कको प्रशंसा गर्दै उनलाई एक असल व्यक्ति र देशभक्त भनेका थिए । मिडियासँग कुरा गर्दै ट्रम्पले भने, ‘जब मैले मस्क र उनको कम्पनीलाई लक्षित गरिएको देखेँ, मैले टेस्ला कार किन्ने निर्णय गरें ।’ यो सार्वजनिक खरिद थियो र उनले राम्रो काम गरिरहेका छन् ।
डेमोक्रेट पार्टी र समर्थकहरुले अमेरिकामा टेस्ला बहिस्कारको अभियान चलाएपछि राष्ट्रपति ट्रम्प मस्कको समर्थनमा अगाडी आएका हुन् ।
ट्रम्पले टेस्ला कार यस्तो समयमा किनेका हुन्, जब टेस्लाको शेयरमा तीव्र गिरावट आइरहेको छ । राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई मस्कले गरेको खुला समर्थन र त्यसपछि सरकारी दक्षता विभागको प्रमुखको रूपमा मस्कले संघीय सरकारी खर्चमा ठूलो कटौती गरेको र ठूलो संख्यामा मानिसहरूलाई जागिरबाट निकालेको तरिकाले उनलाई आफ्ना आलोचकहरूको निशाना बनाएको छन् ।
ट्रम्पले मस्कलाई केही मानिसहरूले अन्याय गरिरहेको बताउदै मानिसहरूले मस्क देशभक्त भएको कारणले सजाय नदिन आग्रह गरेका थिए । हालैका दिनहरूमा धेरै टेस्ला कारहरू सार्वजनिक रूपमा सडकमा तोडफोड गरिएका थिए भने टेस्लाका शोरूम र चार्जिङ स्टेशनहरू पनि लक्षित गर्दै तोडफोड गरिएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया