महिला क्रिकेटरको ग्रेडिङ : इन्दु र पूजासहित चार खेलाडी ग्रेड ‘ए’मा

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला क्रिकेटरको ग्रेडिङ सार्वजनिक गरेको छ ।
बुधबार सार्वजनिक भएको ग्रेडिङ अनुसार, ग्रेड ‘ए’मा राष्ट्रिय महिला टिमकी कप्तान इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री र सीता राना मगर परेका छन् ।
ग्रेड ‘बी’ मा कविता जोशी पर्दा ग्रेड ‘सी’मा कविता कुँवर र सम्झना खड्का परेका छन् । यसअघि ग्रेड ‘बी’ मा रहेकी कुँवर ग्रेड ‘सी’मा झरेकी हुन् ।
यस्तै, ग्रेड ‘डी’मा विन्दु रावल, अलिशा यादव, सना प्रविन, रिया शर्मा, सिमाना केसी, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, कृष्मा विष्ट, ज्योत्सिना मरासिनी, रचना चौधरी र मनिषा उपाध्याय परेका छन् ।
महिलातर्फ ग्रेड ‘ए’का खेलाडीले ५० हजार, ग्रेड ‘बी’का खेलाडीले ३५ हजार, ग्रेस ‘सी’का खेलाडीले २५ हजार र ग्रेड ‘डी’का खेलाडीले २० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने क्यानले जनाएको छ ।

















Home Minister Gurung announces his resignation
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
ट्राफिक प्रहरीद्वारा काठमाडौँमा पछिल्लो २४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
प्रतिक्रिया