ज्योति विकास बैंकका ग्राहकलाई “डेकोर प्यालेस” मा विशेष छुट

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं नयाँबजारस्थित “Decor Palace” मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फर्निचर शोरुममा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन्। Decor Palace मा घर तथा अफिसहरुको लागि चाहिने सम्पूर्ण फर्निचर, सोफा, कार्पेट लगायतका विभिन्न गुणस्तरीय सामाग्री उपलब्ध छ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। हालै बैंकले नगरकोटस्थित प्रचलित रिसोर्टहरु “Club Himalaya” र “Hotel Himalayan Villa” मा १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।















महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश
ज्योति विकास बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न
ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
प्रतिक्रिया