पीएम कपमा आज तीन खेल हुँदै

काठमाडौँ । जारी पीएम कपमा आज तीन खेल हुदै छन् ।
आज एपीएफ र मधेश प्रदेशबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा एपीएफ र मधेश प्रदेश दुवै आ-आफ्नो पहिलो खेल जितेर विजयी शुरुवात गरेका छन् ।
त्यस्तै आज अर्को खेल त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच खेल हुदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने यो खेल बिहान ८ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा त्रिभुवन आर्मीले आफ्ना दुवै खेलमा जित हासिल गरेर उत्कृष्ट शुरुवात गरेको छ भने कर्णालीले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
त्यस्तै आज अर्को खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच हुदै छ । सिद्धार्थ रंगशालामा हुने यो खेलमा बिहान ९ बजेदेखि शुरु हुने छ । गण्डकी र लुम्बिनीले अहिलेसम्म खेलेका २-२ खेलमा एक एक जित र एक एक खेलमा हार बेहोरेका छन् ।
















‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
ट्राफिक प्रहरीद्वारा काठमाडौँमा पछिल्लो २४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया