शनिबार, वैशाख २६, २०८३

‘महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’

मेरोन्यूज २०८१ फागुन २९ गते ९:५६

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षा तथा उनीहरुको सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

Advertisement
NiccNicc

महिलाको स्थितिसम्बन्धी राष्ट्रसङ्घीय आयोगको ६९ औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्यूयोर्कमा रहेका मन्त्री सुडीले संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा बुधबार आयोजित मन्त्रिस्तरीय गोलमेच बैठकमा उक्त प्रतिबद्धता गरेका हुन् ।

उनले महिलालाई राज्यका सबै तहमा अवसर दिने, उनीहरूविरुद्धका हिंसा उन्मूलन गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि कानुनी तथा नीतिगत संरचना बलियो बनाइएको बताए ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार मन्त्री सुडीले नेपाल सरकार राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतिबद्धताको कार्यान्वयनका लागि सधैँ तत्पर रहेको, महिला समानता र विकास सुनिश्चित गर्नका साथै राजनीतिक अधिकार, शासन व्यवस्था, शिक्षा, रोजगारी, स्वास्थ्यलगायत क्षेत्रमा उनीहरूलाई उच्च प्राथमिकता दिइएको बताए ।

उनले महिलाहरूको लागि संविधानमा धेरै सकारात्मक व्यवजस्था गरिएको तथा लैङ्गिक समानता प्रवद्र्धन र महिला सशक्तीकरणप्रति नेपालको दृढ प्रतिबद्धता दोहोर्‍याए ।

प्रतिक्रिया