भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण

भोजपुर । जिल्लाको लेखर्कका किसानलाई नवीनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री हस्तान्तरण गरिएको छ । व्यावसायिकसँगै आर्थिक रुपमा सक्षम बनाउने ध्येयले २८ अगुवा किसानलाई नवीनतम तरकारी खेती प्रणालीको विषयमा जानकारीसँगै उपयुक्त प्रविधि हस्तान्तरण गरिएको हो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) ले, गाउँपालिका तथा वडाको समन्वयमा किसानलाई तरकारी खेती प्रणाली सम्वन्धि ज्ञान दिइएको हो ।
तालिमका सहभागी किसानलाई उन्नत जातको बीउ विजन, प्लाष्टिक टनेललगायतका कृषि सामग्रीसमेत वितरण गरिएको टेम्केमैयुङ ९ लखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । वडाका तरकारी खेती गरिरहेका किसानलाई नविनतम खेती प्रणालीको बारेमा ज्ञान प्रदान गर्न तालिम सञ्चालन गरिएको उनको भनाइ छ । किसानलाई अभ्यास गराएर नै खेती प्रणालीको विषयमा जानकारी दिइएको उनले बताए ।
‘यहाँका धेरै किसानले तरकारी खेती गरिरहेका छन्’ उनले भने, ‘किसानसँग तरकारी खेती प्रणाली सम्वन्धि जानकारी नहुँदा समस्या थियो । उनीहरुलाई तरकारी खेती प्रणालीको विषयमा ज्ञान दिएर व्यावसायिक बन्न थप प्रोत्साहन गर्न तालिम दिएका हौँ ।’ यहाँका अगुवा किसानलाई पाँच दिने कार्यक्रम सञ्चालन गरेर तरकारी खेती प्रणालीको विषयमा व्यवहारिक ज्ञान दिएको हो ।
किसानलाई तरकारी तथा नगदेबालीको माध्यमबाट आर्थिक रुपमा सक्षम बनाउन गाउँपालिकाले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिइन् । टेम्केमैयुङ गाउँपालिकामा कृषिको राम्रो सम्भावना रहेकोले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम भइरहेको उपाध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाले यहाँको भूगोल तथा माटो सुहाउँदो तरकारी तथा नगदेबालीको खेतीमा प्रोत्साहन कार्यक्रमसमेत सञ्चालन गरिरहेको उपाध्यक्ष राईले जानकारी दिइन् । ‘हामीले किसानलाई तरकारी तथा नगदेबालीको व्यावसायिक खेतीमा लाग्न प्रोत्साहन गरिरहेका छौँ’ उनले भनिन्, ‘गाउँपालिकाले प्राथमिकताका साथ कृषि र पर्यटनमा लगानी गरिरहेको छ । कृषकलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न सीपमूलक कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ ।’
किसानलाई नगदे तथा व्यावसायिक तरकारी खेतीसँगै बाख्रापालन, कुखुरापालन, बंगुरपालन, मौरीपालन, जडीबुटी खेती, सुन्तला, कागती खेती लाग्न आवश्यक सहयोगसँगै सीप प्रदान गरिरहेको उपाध्यक्ष राईले बताइन् । परम्परागत रुपमा तरकारी खेती गर्दै आएको भएपनि तालिमबाट आधुनिक खेती प्रणालीको विषयमा जानकारी पाएको किसानहरुको भनाइ छ ।
तालिमसँगै कृषि सामग्री पनि पाएकाले भावी दिनमा व्यावसायिक रुपमा तरकारी खेती गर्न सहजता थपिएको स्थानीय किसान सत्यदेवी राईले बताइन् । तालिमका क्रममा तरकारी खेती प्रविधिसँगै रोग, किरा तथा उपचार पद्धतिको विषयमासमेत जानकारी लिन पाएको उनले बताइन् ।
‘परम्परागत रुपमा तरकारी खेती गर्दै आएकी थिएँ’ उनले भने, ‘आधुनिक तरकारी खेती प्रविधिको जानकारी नहुँदा धेरै समस्या थियो । तालिममा सहभागी भएर खेती प्रविधिसँगै तरकारीमा लाग्ने रोक, कीरा तथा त्यसको उपचार पद्धतिको विषयमासमेत ज्ञान पाएँ । यहाँ सिकेको सीपलाई सदुयोग गर्दै अवका दिनमा तरकारी खेतीलाई थप विस्तार गर्ने सोच बनाएकी छु ।’















नेपालले लैङ्गिक समानता प्रवर्द्धनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय
Nepal Airlines to operate special rescue flight to Dubai tonight
रविको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटमा पूर्ण सुनुवाइ हुने
ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँ त्रासमा
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
प्रतिक्रिया