पुटिनका सहयोगीले गरे युक्रेनसँग युद्धविरामको प्रस्ताव अस्वीकार

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले युक्रेनसँग तत्काल ३० दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् ।
उनले यो युक्रेनको लागि अस्थायी राहत बाहेक केही नभएको टिप्पणी गरेका छन् ।
साउदी अरबमा अमेरिका र युक्रेनबीच युद्धविरामको सहमति भएपछि रुसको तर्फबाट आएको यो पहिलो अभिव्यक्ति हो । उनले प्रस्ताव अस्वीकार गर्दै भने, ‘यो युक्रेनी सेनाको लागि अस्थायी आराम र पुन: संगठित हुने मौका बाहेक अरू केही हुनेछैन ।’
उशाकोभले रूसले युक्रेनमा मस्कोको हित र चासोलाई ध्यानमा राख्ने दीर्घकालीन शान्ति सम्झौता चाहेको बताए । उनले रुस र अमेरिकाबीच शान्तिपूर्ण रूपमा वार्ता भइरहेको पनि जानकारी दिए।
यसअघि साउदी अरेबियामा भएको वार्तापछि युक्रेनले ३० दिनको तत्काल युद्धविरामको अमेरिकी प्रस्तावमा सहमति जनाएको छ र ट्रम्पले अब रुसलाई पनि त्यसका लागि मनाउन खोजिरहेका छन् ।
यसअघि रुसी राष्ट्रपति भ्लादमिर पुटिनले सैनिक पोशाक लगाएर युद्धग्रस्त क्षेत्र कुर्स्क क्षेत्रको भ्रमण गर्दै युद्धविराम नमान्ने संकेत गरेका थिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया