पुटिन अमेरिकी युद्धविराम प्रस्तावमा सकारात्मक

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविरामको लागि अमेरिकी प्रस्तावमा सैद्धान्तिक रूपमा सहमत भएको बताएका छन् ।
तर दिगो शान्तिको बाटो प्रशस्त गर्नको लागि यसको ढाँचा तय गर्नुपर्ने शर्त राखेका छन् । उनले युक्रेनसँगको सम्झौतामा यति धेरै ध्यान दिएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासको प्रशंसा गरेका थिए । यसका साथै उनले यो युद्ध रोक्न भारत, चीन, ब्राजिल र दक्षिण अफ्रिकाका नेताहरूप्रति कृतज्ञता पनि व्यक्त गरेका थिए ।
पुटिनले पत्रकार सम्मेलनमा भने, ‘३० दिने युद्धविरामको विचार आफैंमा सही छ र हामी यसलाई निश्चित रूपमा समर्थन गर्छौं । तर त्यहाँ छलफल गर्नुपर्ने मुद्दाहरू छन् ।’
उनले युद्धविरामको सम्भावित उल्लङ्घन नियन्त्रण गर्न संयन्त्र विकास गर्नुपर्नेमा जोड दिए । उनले भने- ‘हामी लडाईं रोक्ने प्रस्तावहरूसँग सहमत छौं तर युद्धविरामले दिगो शान्ति ल्याउनु पर्छ र संकटको मूल कारणहरूलाई सम्बोधन गर्नुपर्छ भन्ने विश्वासका साथ अगाडि बढ्नेछौं ।’
वर्तमान युद्धभूमिको अवस्थाका कारण युक्रेनले युद्धविराम चाहेको पुटिनको विश्वास छ । उनले रुसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको युक्रेनी सेनालाई केही दिनभित्रै पूर्ण रूपमा घेरा हाल्ने दाबी गरे । उनले भने, ‘यस परिस्थितिमा, कम्तिमा ३० दिनको लागि युद्धविराम भएमा युक्रेनको लागि फाइदाजनक हुनेछ । यद्यपि, उनले कुर्स्कमा फसेका सिपाहीहरू लडाई नगरी फर्कन सक्षम हुन्छन् त ? भन्दै प्रश्न उठाएका छन् ।
यसका साथै रुसले युद्धविरामको अनुगमन गर्न नेटो देशहरूबाट कुनै पनि शान्ति सेनालाई स्वीकार नगरिने कुरा पनि स्पष्ट पारेको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया