गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न ‘स्रष्टा पदयात्रा’
मेरोन्यूज
२०८१ फागुन ३० गते २१:३०

गोरखा । गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्द्धनका लागि ‘स्रष्टा पदयात्रा’ सुरु भएको छ । देशका ३५ जना साहित्यकारहरू ‘स्रष्टा पदयात्रा’ का लागि आज गोरखा आइपुगेको गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।
उनले नेपाल एकीकरणको इतिहास बोकेको गोरखाको इतिहास बुझ्न र बुझाउन यस पदयात्राले महत्वपूर्ण भूमिका खेल्न विश्वास व्यक्त गरे ।
पदयात्रा नेपाल काठमाडौँका अध्यक्ष शितल गिरीको नेतृत्वमा श्रष्टा पदयात्रीहरू यहाँ आइपुगेका हुन् । पदयात्राका क्रममा उनीहरूले जिल्लाका ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन अवलोकन गर्दै लेख, रचना, तथा भिडियो डकुमेन्ट्रीमार्फत उजागर गर्नेछन् । पदयात्रामा वरिष्ठ गजलकार ज्ञानुवाकार पौडेल, साहित्यकार खोलाघरे साइलो, शान्ति सापकोटा, हरिश कल्पित, डा बालचन्द्र मिश्रलगायतको सहभागिता रहेको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया