निटफेस्टमा १२ देशका १७ नाटक

काठमाडौँ। नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२ देशका १७ नाटक मञ्चन हुने भएको छ । मण्डला थिएटरद्वारा आयोजना गरिने महोत्सव यही चैत ६ देखि १२ गतेसम्म चल्ने महोत्सवका संयोजक केदार श्रेष्ठले जानकारी दिए ।
उनले भने, “हामीलाई विश्वभरबाट एक सय १५ नाटक प्राप्त भएका थिए । तीमध्येबाट १० विदेशी र २ नेपाली गरी १२ वटा नाटक छनोट गरिएको छ । त्यसबाहेक मण्डला थिएटरबाट एक, तीन सहरका स्थानीय आयोजकका तीन र चौतारी नाटक एक गरी जम्मा १७ नाटक महोत्सवमा मञ्चन गरिने छ ।”
श्रेष्ठका अनुसार नेपालबाट ‘झोडा’ र ‘सामा चाको सामा चाको अहिवा हे’, जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राइ’ र ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोन’, लिुथआना र स्पेनको ‘अराइभ्ड’, चीनको ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’लगायतका नाटक छनोट गरिएको छ ।
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारासहित हुने महोत्सव काठमाडौँस्थित मण्डला थिएटरसँगै पोखरा, भरतपुर र बेलबारीमा पनि हुँदैछ । संयोजक श्रेष्ठले महोत्सवमा एक सय भन्दा बढी विदेशी कलाकारहरु आउने, स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारद्वारा तीन फरक कार्यशालासँगै कला प्रदर्शनी, सङ्गीत, नृत्य प्रदर्शनी हुने जानकारी दिए ।















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
प्रतिक्रिया