आइतबार, वैशाख २७, २०८३

नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सवमा प्रभातफेरी

मेरोन्यूज २०८१ चैत १ गते १२:२७

काठमाडौं । नागरिक लगानी कोषले ३५ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । कोषले चैत ४ गते ३५ औं वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ ।

Advertisement
NiccNicc

प्रभातफेरीमा कोष सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशक लगायत कर्मचारीहरु सहभागि थिए।

कोष कार्यालय परिसरबाट ब्यानरसहित सुरु भएको प्रभातफेरी कार्यक्रम तीनकुने, सिनामंगल, पुरानो बानेश्वर हुँदै कोष परिसरमा आएर सम्पन्न भएको हो । वार्षिकोत्सवको अवसरमा कोषले विभिन्न खेलकुद तथा रक्तदानका कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया