विपद् व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा

म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपदबाट हुने क्षति घटाउन, सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र सरोकार भएका निकायको क्षमता अभिवृद्धिमा आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् ।
प्रदेश सरकारको सहयोगमा नेपाली सेनाको २३ नम्बर बाहिनीले आज शनिबार म्याग्दीको मंगला गाउँपालिका-२ लाम्पाटा र वडा नं.-५ हाडेभिरमा आयोजना गरेको प्रदेशस्तरीय विपद् प्रतिकार्य नमूना अभ्यास कार्यक्रममा उनले विपदबाट हुने क्षति घटाउन आवश्यक पर्ने पूर्वाधार निर्माण गर्नु आफ्नो पहिलो प्राथमिकता हो भने ।
“भौगोलिक विविधतायुक्त गण्डकीमा बाढी पहिरो, डुबान, आगलागी, हिउँ पहिराको जोखिममा रहेका स्थानको पहिचान गरी विपद्को पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापनका लागि सुरक्षा र सरोकार भएका निकायको क्षमता बढाउन प्रदेश सरकारले नेपाली सेनालगायत संगठित संघसंस्थाहरुसँगको सहकार्यमा जोड दिएका छौँ”, मुख्यमन्त्री पाण्डेले भने ।
नेपाली सेनाको पश्चिम पृतनाका प्रमुख मधुकरसिंह कार्कीले विपद् व्यवस्थापनमा परिचालन हुने सुरक्षाकर्मीको क्षमता विकासका साथै समुदायस्तरमा चेतना अभिवृद्धिका लागि नमूना अभ्यास गरिएको बताए ।
प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, स्थानीय तहका जनप्रतिनिधि,सुरक्षा अधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको नमूना अभ्यास प्रदर्शनीको स्थानीयवासीले अभिरुचिपूर्वक अवलोकन गरेका थिए । नेपाली सेनाको टोलीले विपद् प्रतिकार्यका १० वटा अभ्यास प्रस्तुत गरेको थियो ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया