पाकिस्तानमा अर्को भयानक आतंकवादी आक्रमण

काठमाडौं। पाकिस्तानमा आइतबार सेनाका जवानलाई लक्षित गरी एक आतंकवादी आक्रमण भएको छ । हालै रेल नै हाइज्याक गरेको बलोच लिब्रेसन आर्मी (बीएलए) नामको पृथकतावादी संगठनले यो आक्रमणको जिम्मेवारी लिएको छ ।
पाकिस्तानी सञ्चारमाध्यम डनन्युजका अनुसार क्वेटाबाट तफ्तानतर्फ गइरहेको सेनाको लावालस्करमाथि आक्रमण भएको हो । डन्युजका अनुसार नौशकीस्थित राष्ट्रिय राजमार्गमा भएको विस्फोट हुँदा फ्रन्टियर कोर्प्स (एफसी) का पाँच जना जवान मारिएका छन् भने कम्तीमा १२ जना घाइते भएका छन् । उता बीएलएले भने ९० जना सेनाका जवान मारिएको दाबी गरेको छ ।
नौशकी प्रहरी स्टेसनका अधिकारी (एसएचओ) जफरुल्लाह सुमलानीका अनुसार प्रारम्भिक अनुसन्धानले यो आत्मघाती आक्रमण भएको देखाएको छ ।
एसएचओ सुमलानीले घटनास्थलबाट संकलित प्रमाणहरूका आधारमा आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ भरिएको सवारीसाधन एफसी गस्ती टोलीमा ठोक्काएको बताएका छन् ।
घाइतेहरूलाई एफसी क्याम्प र नौशकी टिचिङ अस्पतालमा सारिएको छ, जहाँ आपत्कालीन अवस्था घोषणा गरिएको छ ।
एसएचओ सुमलानीले मृत्यु संख्या र घाइतेको संख्या बढ्न सक्ने सम्भावना रहेको बताएका छन्, किनकि धेरै घाइतेको अवस्था गम्भीर छ ।
बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले आक्रमणको निन्दा गर्दै ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन् । ‘बलुचिस्तानको शान्तिसँग खेल्नेहरूले दर्दनाक अन्त्य भोग्नुपर्छ,’ उनले आधिकारिक प्रेस विज्ञप्तिमा भने ।
‘यस्ता कायरतापूर्ण आक्रमणहरूले हाम्रो मनोबल गिराउन सक्दैन,’ उनले थपे, ‘बलुचिस्तानमा आतंककारीहरूको कुनै स्थान छैन, शान्ति कुनै पनि हालतमा स्थापित गरिनेछ ।’ मुख्यमन्त्री बुग्टीले शान्तिका दुस्मनहरूलाई न्यायको कठघरामा ल्याउन सबै सम्भावित कदम चालिने बताए ।
बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले पनि आक्रमणको निन्दा गर्दै विज्ञप्ति जारी गरेका छन् । ‘निरपराध नागरिकलाई लक्षित गर्नु एक निर्मम कार्य हो,’ विज्ञप्तिमा भनिएको छ ।















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
प्रतिक्रिया