को बन्ला नेपाल प्रहरीको नयाँ आईजीपी ?

काठमाडौं । सोमबार राति १२ बजेबाट प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर अनिवार्य अवकाशमा जाँदैछन् ।
२०७९ चैत १० गते आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन् ।
आईजीपी कुँवरसँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) ले पनि ३० वर्षे सेवा अवधिका कारण चैत ५ देखि एकैसाथ अनिवार्य अवकाश पाउन लागेका हुन् ।
कुँवरसँगै अनिवार्य अवकाश पाउने एआईजीहरुमा जनक भट्टराई, टेकप्रसाद राई, कुबेर कडायत, दुर्गा सिंह र बुद्धि गुरुङ छन् । यस्तै डीआईजीहरु भोला रावल, गणेश चन्द र ध्रुवराज राउत अवकाशमा जाने छन् ।
आजै बस्ने मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको नयाँ नेतृत्व चुन्ने तयारी छ । स्रोतका अनुसार एआइजीहरु दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्येबाट नयाँ प्रहरी महानिरीक्षक चुनिने छन् ।
थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख हुन् । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् ।
वरीयता सूची अनुसार पहिलो नम्बरमा थापा, दोस्रोमा गिरी र तेस्रोमा तामाङ छन् ।
प्रहरी महानिरीक्षक नियुक्तिमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालाई आधार मान्ने नियमावलीमा व्यवस्था छ। जस अनुसार एआईजी दीपक थापा महानिरीक्षक बन्ने बलियो सम्भावना देखिन्छ।
उनी गिरी र तामाङभन्दा अघि एआईजीमा बढुवा भएका हुन् । थापा एआईजी भएको दुई सातापछि गिरी र तामाङ एआईजीमा बढुवा भएका थिए ।
अब बन्ने आईजीपी २०८२ भदौ १९ गतेसम्म सेवामा रहनेछन्। त्यसपछि ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन्।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
प्रतिक्रिया