शनिबार, वैशाख १३, २०८२

ज्ञानेन्द्र शाहीलाई मेरो जवाफ: २६ खर्ब ऋण गणतन्त्रमा मात्रै होइन राजतन्त्रमा पनि थियो !

प्रकाश तिवारी २०८१ चैत ३ गते १३:३३

काठमाडौं । गणतन्त्र आउने बित्तिकै नेपालीहरु झोला बोकेर बिदेश जान लागेका होइनन् विकास गर्ने औद्याेगिक क्रान्तिको समयमा आफ्नो सत्ता शासन जोगाउन तल्लिन हुँदा र जनतालाई सधैं रैती सम्झिएर उनिहरुले गरेको कुकर्मको प्रतिफल हो ।

परिवर्तन आजको भोलि आउने चिज होइन गणतन्त्र आएसी धेरै नेपालीहरुले आफ्नो रोजीरोटीको लागि कम्तीमा बिदेश गएर परिवार धानेका छन् । राजतन्त्रको समयमा भारतमा मजदुरी गर्ने नेपालीको संख्या कम थियो ? बर्मामा जाने नेपालीको संख्या कम थियो?

गणतन्त्र आएकै कारण निर्मला पन्त र निर्मला जस्ता धेरै चेलिहरूको बलात्कार पछि हत्या हुँदा धेरै कुराहरु सतहमा आएको छ । राजतन्त्रमा यस्ता हजारौं चेलीहरु बलात्कार हुँदा गाउँ ठाउँमा मुखियाहरुले सोझा गरिब चेलिहरुको बलात्कार गर्दा पनि कोहि चु बोल्न सक्ने स्थिति थिएन । त्यतिबेला बोले ज्यादतीको बिरोधमा बोल्दा समाजबाटै बहिष्कार हुनुपर्ने अवस्था थियो । गणतन्त्रमा हरेक कुरा सतहमा आएको छ र दोषी कानूनी कारवाहीको भागीदार बनेका छन् ।

२६ खर्ब ऋण गणतन्त्रमा मात्रै होइन राजतन्त्रमा पनि थियो

प्रधानमन्त्रीलाई सोझै जनताले चुनेका होइनन् यो संसदीय प्रणालीमा संसदले प्रधानमन्त्री छान्छ .. केही हदसम्म यो कुरालाई मान्न सकिन्छ तर सिधै चुने ब्यवस्था छैन तर पनि प्रधानमन्त्रीलाई सोझै जनताले चुनेका होनन् । तर के राजतन्त्रमा राजालाई सिधै जनताले चुनेका हुन् त? उनी त आफ्ना बाउ बाजेले तोकेका हुन्।

अहिलेको सरकारले मदन भण्डारीको हत्यारा पत्ता लगाउन सकेनन् म मान्छु के ज्ञानेन्द्रले आफ्ना दाजुको बंस नै नाश हुने गरि भएको हत्या काण्डका दोषी पत्ता लगाएर कारबाही गरे त ?

के राजतन्त्र जनताको पक्षमा छ त ? छ र थियो भने जनतालाई सधै रैती बनाएर किन राखे त राजतन्त्रको पालामा शिक्षित मानिस कति थिए र गणतन्त्र आएपछि शिक्षित कति भए तुलना गरौं ।

राजतन्त्रको पालामा पनि केहि राम्रा पक्षहरुमा राम्रा काम भएका छन् तर पनि राजतन्त्रलाई गणतन्त्रसंग तुलना गर्न मिल्दैन । राजतन्त्र इतिहास बनिसक्यो त्यसलाई जान्ने बुझ्ने हो फेरि तेसैलाई स्वीकार गर्न सकिँदैन । अब नेपाली जनता रैती होइन जनता भएर बाच्न चाहान्छन् । सबैलाई हेक्का रहोस गणतन्त्रको विकल्प गणतन्त्र नै हो अहिले पात्र खराब हुन सक्छन् ब्यवस्था खराब हुन सक्दैन् । तर नेताहरूलाई चुनावबाट परिवर्तन गर्न सकिन्छ ।

प्रतिक्रिया