नेप्से २७ सयमा ओर्लिंदा कारोबार रकम पाँच अर्बमा खुम्चियो, कसले कति गुमाए ?

काठमाडौँ । सोमबार पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । अघिल्लो दिन २१.६३ अङ्कले घटेको बजार आज भने १०.१४ अङ्कले घट्दा २७०४.७० बिन्दुमा पुगेको हो ।
आइतबार २७१४.८५ बिन्दुमा झरेर बन्दै भएको नेप्से आज २७३२.५१ बिन्दुमा पुगेर फर्किएको हो । सोमबार ८७ कम्पनीको मूल्य बढ्दा १४४ कम्पनीको घट्यो । मूल्य स्थिर हुने कम्पनी भने आज १२ वटा छन् । नेप्सेसँगै कारोबार रकम पनि ओरालो लाग्ने क्रम जारी छ ।
आइतबार ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएकोमा सोमबार भने ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार बजार पुँजीकरण रकम ४४ खर्ब ९१ अर्ब रुपैयाँ कायम भएको छ । आज ३३१ धितोपत्रको ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर ५७ हजार ५८५ पटकमा खरिद बिक्री भए ।
आइतबार बढेको व्यापारिक समूहको परिसूचक सर्वाधिक बढी ३.३८ प्रतिशतले घटेको छ भने आज वित्त ०.१२ प्रतिशत, लगानी र होटल तथा पर्यटन ०.१८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४४ प्रतिशतले बढेको छ । यसैगरी, विकास बैंक ०.९२ प्रतिशत, बैंकिङ ०.२१ प्रतिशत, हाइड्रोपावर ०.२३ प्रतिशत, जीवन बिमा ०.५१ प्रतिशत, लघुवित्त ०.०१ प्रतिशत, निर्जीबन बिमा ०.०२ प्रतिशत र अन्य ०.५६ प्रतिशतले घटेको छ ।
सोमबार राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ९.८६ प्रतिशतले बढेको देखिन्छ भने सामुदायिक लघुवित्त तथा वित्तीय संस्थाको ८.०३ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ५.३३ प्रतिशतले बढेको छ ।
सोमबार महालक्ष्मी विकास बैंकको सेयर मूल्य सर्वाधिक बढी ५.४१ प्रतिशतले घट्यो । यसैगरी घलेम्दी हाइड्यरो ४.५८ प्रतिशत र विशाल बजार कम्पनी ३.७३ प्रतिशतले घटेको छ ।
सोमबार पनि हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सर्वाधिक बढी भयो । यो कम्पनीको आज ४३ करोड ९३ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रो स्थानमा रहेको नेपाल पुनर्बिमा कम्पनीको ३० करोड ७४ लाख र तेस्रो स्थानमा रहेको महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
प्रतिक्रिया