नेपाली बजारमा भित्रिए बर्ली ब्रान्डका १७ नयाँ एयर कुलर

काठमाडौं । घरेलु उपकरण (होम अप्लायन्स) उत्पादन गर्ने भारतीय कम्पनी बर्लीले नेपाली बजारमा १७ मोडेलका नयाँ एयर कुलरहरू सार्वजनिक गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा यी कुलर सार्वजनिक गरिएको हो ।
सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम अप्लायन्सेसका प्रबन्ध निर्देशक चिराग शर्माले संयुक्त रूपमा नयाँ कुलर सार्वजनिक गरे । यी उत्पादनहरू प्रयोग गर्न सजिलो र मूल्यमा सस्तो भएको उल्लेख गर्दै बर्लीले नेपाली उपभोक्ताले मन पराउने विश्वास लिएको छ ।
निर्देशक शर्माले कार्यक्रममा बोल्दै नेपाली उपभोक्तालाई आधुनिक प्रविधि, उन्नत डिजाईन र उच्च ऊर्जा दक्षता भएका एयर कूलरहरू प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, बर्लीले नेपालमा आफ्नो व्यवसायिक उपस्थिति बलियो बनाउँदै नयाँ उत्पादनहरू ल्याउने योजना रहेको समेत बताएका छन्।
नेपालमा बर्ली एयर कूलरको आधिकारिक एकमात्र वितरकका रूपमा सीजी इलेक्ट्रोनिक्स नियुक्त गरिएको छ। बर्ली र सीजी इलेक्ट्रोनिक्सको सहकार्यले ग्राहकलाई किफायती मूल्यमा उच्च गुणस्तरका उत्पादनहरू सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ।
बर्लीले भारतीय बजारमा आफ्नो मजबुत उपस्थिति स्थापित गरिसकेको छ। अब नेपाली बजारमा पनि यसले नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अनुमान गरिएको छ। कम्पनीका अनुसार यी एयर कूलरहरू विशेष रूपमा नेपाली मौसम अनुरूप डिजाइन गरिएका छन्, जसले गर्मी महिनामा उच्च शीतलता प्रदान गर्नेछ।
















रामेछापमा बस दुर्घटना अपडेटः ९ जनाको मृत्यु, चालकसहित ८ घाइते
बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग
दार्चुलामा प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
PM Karki urges security bodies to remain on high-alert for election security
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया