एन.सी.एग्रो टेकको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । एन.सी.एग्रो टेक इण्ड्रष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरको १८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड नियुक्त भएको छ । एग्रो टेक इण्ड्रष्ट्रिजको तर्फबाट सञ्चालक दीपकप्रसाद न्यौपाने र ग्लोबल आईएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
विसं ०७५ साल कात्तिक ११ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको एन.सी. एग्रो टेक इण्ड्रष्ट्रिजको केन्द्रीय कार्यालय टोखा नगरपालिका वडा नं. ०८, काठमाडौंमा पर्छ । उत्पादन क्षेत्र पूर्वनवलपरासी गैँडाकोट–१४, नवलपुरमा रहेको बताइएको छ ।
कम्पनीले नेपाल सरकारको कृषि दशकको अभियानमा कृषि क्षेत्रलाई सफल बनाउने अभियानअन्तर्गत : कृषि उत्पादन भई खेर गएका सामग्रीको स्वदेशी कच्चापदार्थ प्रयोग गरेर ताजा च्याउ उत्पादन गर्दै आएको छ । कम्पनीले औषधीय महत्त्व बोकेका यार्सागुम्बा, लायन्समाने, गानोडरमा, टर्कीटेल, सिताके, ग्रिफोला आदि च्याउहरू तथा यी च्याउका माइसेलियस उत्पादन गरी क्याप्सुल बनाई विदेश समेत निर्यात गरिरहेको छ । च्याउलाई अत्याधुनिक प्रविधिबाट प्रशोधन गरी ड्राई मसरुम, मसरुम सुप तथा क्यान मसरुम आदि बनाइरहेको छ ।
च्याउमा देशलाई आत्मनिर्भर बनाउने र उत्पादित च्याउ विदेश निर्यात गर्ने उद्देश्यले गोब्रे च्याउ उत्पादन गर्नका लागि आवश्यक कच्चा पदार्थ (कम्पोस्ट) उत्पादन गरी नेपालभरका किसान तथा ठूला व्यावसायिक कृषकलाई बिक्रीवितरण गर्दै आइरहेको छ । कम्पनीले च्याउ टिपिसकेपछि बाँकी रहेको कम्पोस्ट तथा बाँस प्रशोधन गर्दा निस्कने भुसलाई कोइलामा परिणत गरी वातावरणमैत्री संरचनाको समेत निर्माण गरिरहेको छ ।
नेपालमा उत्पादन भइरहेको र नयाँ खालका च्याउको व्यावसायिक तालिम र च्याउ उत्पादनको प्रविधि तथा सबै खालका च्याउका बिउबीजन समेत उपलब्ध गराउने कार्य यस कम्पनीले गर्दै आइरहेको छ । यसका अलावा अत्याधुनिक स्रोतसाधनको प्रयोग गरी बाँसको टुथपिक, ससेज सिन्का, अगरबत्ती सिन्का, मुडाको सिन्कालगायता बाँसका अन्य वस्तुसमेत उत्पादन गर्दै आइरहेको छ ।
यसका साथै खेर गइरहेका कृषि उपजहरू जस्तैः उखुको भुस, तोरीको पिना, गहुँको नल, चोकर, मकै, तोरीको गट्टे, धानको भुसजस्ता वस्तुहरूको प्रयोग गरी च्याउ उत्पादनमा अत्याधुनिक प्रविधि प्रयोग गरिरहेको छ । यस कम्पनीमा विभिन्न क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरू, ख्यातिप्राप्त व्यवसायी, च्याउविज्ञ, कृषक, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य पेसामा संलग्न प्रबुद्ध व्यक्तित्त्वहरू रहेका छन् ।















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
प्रतिक्रिया