कर्णालीबाट ३८ हजार परीक्षार्थी एसइईमा सहभागी हुँदै

कर्णाली। यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३७ हजार नौ सय ११ परीक्षार्थी सहभागी हुने भएका छन् । उक्त परीक्षामा साधारणतर्फ तीन हजार तीन सय ३८, प्राविधिकतर्फ एक सय छ, नियमिततर्फ तीन हजार चार सय ४४ र ग्रेड वृद्धितर्फ दुई सय २४ परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका सूचना अधिकारी तथा वरिष्ठ शिक्षा अधिकृत लोकप्रसाद पौडेलले जानकारी दिए ।
उहाँका अनुसार कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै सुर्खेतमा नौ हजार हजार पाँच सय १३ र सबैभन्दा कम परीक्षार्थी डोल्पामा सात सय ७७ जनाले परीक्षा दिँदैछन् । यस्तै, दैलेखबाट छ हजार एक सय ९६, जाजरकोटबाट चार हजार छ सय ६८, सल्यानबाट चार हजार दुई सय ६९, कालिकोटबाट चार हजार ८९, रुकुमपश्चिमबाट तीन हजार छ सय ६८, जुम्लाबाट दुई हजार छ सय ८१, हुम्लाबाट एक हजार एक सय चार र मुगुबाट नौ सय सय ४६ परीक्षार्थी परीक्षा दिने सूचना अधिकारी पौडेलले बताए ।
यसैगरी, १० जिल्लामा एक सय ८० केन्द्र रहेकामा सुर्खेतमा सबैभन्दा धेरै ३३ र डोल्पामा सबैभन्दा कम चारवटा परीक्षा केन्द्र रहेका छन् । केन्द्राध्यक्ष एक सय ८०, सहायक केन्द्राध्यक्ष दुई सय ५२, निरीक्षक एक हजार आठ सय ९५, परीक्षा सहायक तीन सय ८०, कार्यालय सहयोगी सात सय ५८ र सुरक्षाकर्मी दुई हजार सात सय गरी जम्मा छ हजार एक सय ६५ जनशक्ति परिचालन हुने निर्देशनालयले जनाएको छ ।
सूचना अधिकारी पौडेलले कर्णाली प्रदेशका १० वटै जिल्लामा आवश्यक उत्तरपुस्तिका पुगिसकेको र जिल्लाका इकाई प्रमुखहरूसँग परीक्षा सञ्चालन र व्यवस्थापन सम्बन्धमा दुईदिने अभिमुखीकरण कार्यक्रम पनि गरिसकेको बताए ।
यस्तै, परीक्षा सञ्चालन र व्यवस्थापनतर्फको खर्च रकम पनि सबै जिल्लामा पठाइसकिएको उहाँको भनाइ छ । शिक्षा विकास निर्देशनालय सुर्खेतले परीक्षा व्यवस्थापन गर्न परीक्षा केन्द्रका लागि रु एक करोड २४ लाख ९५ हजार सात सय ५०, इकाईका लागि रु १४ लाख ३४ हजार सात सय ५० गरी जिल्लामा जाने कुल बजेट रु एक करोड ३९ लाख ३० हजार पाँच सय छुट्याएको जनाएको छ।
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया