बिहीबार, फागुन २८, २०८२

सुनको मूल्यमा रेकर्ड ब्रेक

मेरोन्यूज २०८१ चैत ४ गते ११:०४

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल प्रतितोला ११ सय रुपैयाँ बढेर एक लाख ७५ हजार दुईसय रुपैयाँ पुगेको छ ।

यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो।

सोमबार सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँ थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला १० रुपैयाँ बढेर आज चाँदीको मूल्य २ हजार ५० रुपैयाँ पुगेको हो।

प्रतिक्रिया