सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका थिए २५ करोडसहित समातिएका ट्रक चालक
मेरोन्यूज
२०८१ चैत ४ गते १४:४५

काठमाडौं । आज बिहान २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ ।
सोमबार प्रहरीले झोरबाट ना १ ख १६५२ नम्बरको ट्रकबाट लगभग २५ करोड १ लाख ६० हजार नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरेको थियो । मालवाहक ट्रकको अगाडि चालक क्याबिनमा फल्स बटन प्रयोग गरी मुद्रा लुकाइएको थियो ।
प्रहरीका अनुसार ट्रक चालक लामा यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।
लामालाई हिरासतमा लिएर थप अनुसन्धान गरेपछि विस्तृत खुल्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित










निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
झापा भिरबाट लडेर एक जनाको मृत्यु
देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया