रचना रिमालको जुनी जुनीमा स्मारिका र शिसन

काठमाडौं । गायिका रचना रिमालको जुनी जुनी बोलको फिमेल भर्सनको गीतको भिडियो रिलिज गरिएको छ। दीपनराज शिवाकोटीको शब्द तथा सन्तोष सुनारको संगीत रहेको सार्वजनिक गीतमा नरेश बिबिसीको मिक्सिङ मास्टरिङ रहेको छ।
भिडियोमा मोडलद्वय स्मारिका ढकाल र शिसन सिङ बलको अभिनय देख्न सकिन्छ। पछिल्लो पुस्ताका लोकप्रिय मोडलद्धय स्मारिका र शिसनले भोगेको प्रेम वियोग र ब्रेकअपछि भोग्नु परेको एक्लोपनालाई देखाइएको छ। बिछोडको सिनमा कैयौं पटक भक्कानिएकी छिन् स्मारिका।
भिडियोलाई निर्देशक दिनेश बस्नेतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन्। प्रेमीबाट पाएको धोका भिडियोमा देखाइएको छ। शिसनले यसअघि नक्कली कान्छी, अल्लारे ठिटो, आमा, मान्छेको जात, बिँडी पार्टी, साथी लगायतका दर्जनौं गीतहरू बजारमा आइसकेका छन्।
सार्वजनिक गीतमा विकाश थापाको छायांकन रहेको छ। विकाश दाहालको सम्पादन रहेको जुनी जुनी सन्तोष सुनार अफिसयलबाट बजारमा आएको हो।













कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया