बुधबार पनि घट्यो सेयर बजार, कारोबार रकम कति ?
मेरोन्यूज
२०८१ चैत ५ गते १६:५७

काठमाडौं । सेयर बजार बुधबार पनि घटेको छ । मंगलबार ७ दशमलव ६६ अंकले घटेकाे बजार आज १४ दशलमव ८८ अंकले घटेकाे हाे ।
बुधबार नेप्से परिसूचक २,६८२ को विन्दुमा कायम भएको छ ।
यसदिन ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८३ कम्पनीको मूल्य घटेको छ ।आज दिनभरिमा ३११ कम्पनीको ९५ करोड ८३ लाख ८२९ कित्ता सेयर किनबेच हुँदा ५१ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २९ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।
एनआरएनको २३ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीले १७ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया