बाढीपीडितलाई आवासको व्यवस्था गरिने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गत असोजको बाढीबाट प्रभावित भएका वाग्मती तथा कोशी प्रदेशलगायत स्थानका सर्वसाधारणलाई आवासको व्यवस्था गरिने बताएका छन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आज यहाँ भएको ३० औँ बैठकपछि उनले सञ्चारकर्मीमाझ बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विश्लेषण गरी आवश्यकतानुसार स्थायी, अस्थायी आवास निर्माण गरिने बताए । उनले निजी आवास निर्माणमा राज्यका कसरी सहयोग गर्नसक्छ भन्ने निर्णय प्रभावित क्षेत्रको वस्तुस्थितिका आधारमा गरिने जानकारी दिए ।
बैठकमा आगामी दिनमा विपद्बाट हुनसक्ने सबै किसिमका जोखिम नियन्त्रणका लागि पूर्वतयारीमा जुट्न सम्बद्ध निकायलाई निर्देशन दिइएको तथा सरकोकार भएका सबै निकायबीच समन्वयात्मक ढङ्गले काम हुनुपर्नेमा जोड दिइएको थियो ।
डोटी, अछाम र जाजरकोटमा भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण सङ्कलन र पीडितलाई सहयोग तथा पुनर्निर्माणका काममा समन्वय गर्न ती जिल्लामा कार्यालय स्थापना गरेको जानकारी दिँदै मन्त्री लेखकले क्षति विश्लेषण भएका स्थानमा स्थायी आवास निर्माण प्रारम्भ भएको बताए ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, गृहसचिव गोकर्णमणि दुवाडीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति थियो ।









जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी
दाङको लमहीमा होटल सञ्चालक भेटिए मृत
महाधिवेशन प्रतिनिधिलाई बसाेबासको व्यवस्था गरिने
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
आज देशभरको मौसम कस्तो रहला ?
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया