स्काइवेलको नयाँ शोरुम नक्सालमा

काठमाडौं । स्काइवेलको नयाँ शोरुम काठमाडौंको नक्सालमा खुलेको छ । यसअघि आधिकारीक बिक्रेता जी मोटर्सले भक्तपुरमा रहेको शोरुमबाट स्काइवेलका गाडी बिक्री गर्दै आएको थियो ।
चिनियाँ ब्राण्ड स्काइवेलको विद्युतीय एसयूभी ईटी-५ र बीई-११ मोडल अहिले नेपाली बजारमा बिक्री हुँदै आएका छन् । स्काइवेलको ठूलो एसयूभी ईटी-५ मा ८६ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । कम्पनीले १ करोड १० लाख मूल्य तोकेर बिक्री गर्दै आएको छ ।
साथै, कम्पनीले ब्याट्री साइज कम गर्दै नाम पनि परिवर्तन गरेर बीई-११ एसयूभी उपलब्ध गराएको छ । यसको इन्ट्री भेरियन्टमा ५१ किलोवाट आवर र बीचको भेरियन्टमा ७१ किलोवाट आवरको ब्याट्री छ । मूल्य पनि क्रमशः ७५ लाख ९० हजार रुपैयाँ र ८५ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
कम्पनीले बिक्री गर्दै आएको सबै भेरियन्टमा मोटर साइज भने समान १५० किलोवाटको छ । यसअघि भक्तपुर नै पुगेर गाडी टच एण्ड फिल गर्नु पर्ने उपभोक्तालाई नक्सालमा शोरुम खुलेको कारण भक्तपुर पुग्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।










आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया