प्रोटोन ‘ई-मास ७’ ईभी नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । नेपालमा प्रोटोनको पहिलो विद्युतीय गाडी ‘प्रोटोन ई-मास ७’ (Proton e.MAS7) सार्वजनिक भएको छ ।
नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले शुक्रबार एक कार्यक्रमकाबीच यो गाडी नेपाली बजारमा सार्वजनिक गरेको हो ।
प्रोटोन ई.मास ७ मा नवीनतम प्रविधि र फाइभ-स्टार सेफ्टी फिचर समावेश छन् ।

कम्पनीका अनुसार यो इलेक्ट्रिक गाडी प्लाटिनम सिल्भर, टर्क्वाइज ग्रीन, स्लेट ग्रे, क्वार्ट्ज रोज, मोयु ब्ल्याक र लिथियम ह्वाइट गरी ६ विभिन्न कलरमा उपलब्ध छ ।
गाडीमा ग्लोबल मोडुलर आर्किटेक्चर (जीएमए) प्लेटफर्म, १२-इन-१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम, सेल-टु-बडी (सीटीबी) ब्याट्री आर्किटेक्चर र एजिस सर्ट-ब्लेड ब्याट्री प्रविधि समावेश छन् ।
१६० किलोवाट मोटर पावर रहेको गाडीमा ३२० एनएम टर्क छ, जसले ६.९ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ ।
प्रोटोन ई.मास ७ नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । प्राइम मोडेलले एक पटकको चार्जमा ३४५ किलोमिटर रेञ्ज प्रदान गर्छ भने यसमा ४९.५२ किलोवाट आवरको ब्याट्री रहेको छ ।
प्रिमियम मोडेलले एक पटकको फुल चार्जमा ४१० किलोमिटर रेञ्ज दिने दाबी गरिएको छ, जसमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ ।

कम्पनीका अनुसार गाडीले डीसी फास्ट चार्जिङलाई सपोर्ट गर्छ, जसअनुसार २० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने १० मिनेटको चार्जमा १३५ किलोमिटर रेञ्ज थप्न सकिन्छ ।
गाडीमा भेन्टिलेटेड सिट, स्टोरेज कम्पार्टमेन्ट, १६ ओटा स्पीकरसहितको साउन्ड वेभ सिस्टम, २५६-कलर एम्बियन्ट लाइटिङ र १५.४ इन्चको टचस्क्रिन डिस्प्ले रहेको छ ।
कम्पनीले यो विद्युतीय गाडी खरिद गर्न चाहने ग्राहकका लागि ४.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, न्यूनतम किस्तामा खरिद विकल्प, एक वर्षको सडक कर छुट, निःशुल्क चार्जिङ प्याक, ६ वर्षको वारेन्टी तथा सुरुवाती १०० ग्राहकलाई ५० हजार रुपैयाँ बराबरको उपहार प्रदान गर्ने योजना ल्याएको छ ।
प्रोटोन ई.मास ७ को मूल्य प्राइम मोडेलका लागि ५६ लाख ९९ हजार रुपैयाँ र प्रिमियम मोडेलका लागि ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
प्रतिक्रिया