बिहीबार, फागुन २८, २०८२

प्योर इलेक्ट्रिक पिकअप रिडारा सार्वजनिक हुँदै

मेरोन्यूज २०८१ चैत ९ गते ११:५६

काठमाडौं। रिडाराको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै पहिलो दावीका साथ शतप्रतिशत प्योर इलेक्ट्रिक पिकअप, रिडारा सार्वजनिक गर्न लागेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यो ईभी पिकअप सवारी क्षेत्रको दिगो भविष्यतर्फको दिशामा ऐतिहासिक कदम भएको कम्पनीको भनाइ छ ।

अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको रिडाराले ईभी पिकअप सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापित गर्ने बताइएको छ । यसमा ४२४ किलोमिटरको उत्कृष्ट रेन्ज र ७३ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ ।

नेपालका विविध भूगोल र सडकलाई मध्यनजर गर्दै रिडारामा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट फोर ह्विल ड्राइभ गरी विभिन्न ७ फरक ड्राइभिङ मोड रहेको छ ।

यसमा उपलब्ध ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा प्रणालीका कारण यसले र्ण दृश्य प्रदान गरेर सवारी सुरक्षालाई थप मजबुत बनाउने कम्पनीको भनाइ छ । ।

रिडाराले ग्राहकहरूलाई आफ्नै गाडीको मजबुती अनुभव गराउने उद्देश्यले फोर ह्विल ड्राइभ डेलिभरी र एड्भेन्चर ड्राइभ कार्यक्रम समेत आयोजना गर्ने बताएको छ । यस अन्तर्गत प्रयोगकर्ताहरूले विभिन्न कठिन भूगोलमा गाडीको प्रदर्शन प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि सहजता प्रदान गर्न रिडाराको पानीपोखरी र थापाथली शोरुमबाट हरेक एक घण्टामा निःशुल्क शटल सेवा उपलब्ध हुनेछ। शटल सेवा बिहान ११ बजे शु्रु हुने र मुख्य कार्यक्रम दिउसो १ बजे शुरु हुने बताइएको छ ।

चीनमा नम्बर वान ईभी पिकअपको पहिचान प्राप्त रिडारा ईभी पिकअपका मुल कम्पनी जिली अटो ग्रुप चीनका शीर्ष १० ठूला अटोमोबाइल कम्पनीहरूमध्ये एक हो।

सो सार्वजनिक प्रक्षेपणमार्फत सीजी मोटर्सले ले नवीनतम विद्युतीय प्रविधिको प्रयोग गरी नेपालमा वातावरणमैत्री तथा प्रविधियुक्त सवारी साधनको नयाँ युगको सुरुवात गर्न लागेको बताएको छ ।

प्रतिक्रिया