आइतबार, वैशाख २७, २०८३

महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा

मेरोन्यूज २०८१ चैत ९ गते १३:५१

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बैंकिङको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्यअनुरूप सञ्चालन गरेको नेपाल दसैँ अभियान २०२४” को विजेताहरु घोषणा गरेको छ।

Advertisement
NiccNicc

नेपालीहरुको महान चाड दसैमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरुबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरुको अधिकतम प्रयोग होस् भन्ने उद्धेश्यअनुरूप सञ्चालन गरिएको अभियानअन्तर्गत महालक्ष्मी  भिसा कार्डमार्फत कारोबार गरेका विजेताहरु घोषणा गरिएको हो।

विजेतहरु क्रमश: नारायण कार्की र सन्तोष ध्वज कार्की रहेका छ। यसअन्तर्गत विजेताहरुहरुले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बोमध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन्। नेपालभरबाट उक्त अभियानमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो। यस किसिमको  अभियान बाट ग्राहकहरुको नवीनतम भुक्तानीका माध्यमहरुको प्रयोग गर्ने चाहनालाई थप अभिवृद्धि गर्न सहयोग पु्ग्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया