उच्च शिक्षा विकासका लागि प्राज्ञिक स्वायत्तता आवश्यक : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्व विद्यालयको प्राज्ञिक स्वायत्तताबाट मात्रै उच्च शिक्षा उन्नयनको ढोका खुल्ने बताएका छन्।
नेपाल प्रगतिशील प्राध्यापक संगठनले कीर्तिपुरमा आयोजना गरेको उच्च शिक्षासम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महरले अहिले विद्यालय शिक्षालगायत दर्जनौं विधेयक संसदमा थन्किएर बसेका र उच्च शिक्षा विधेयक त झन बेवारिस नै भएको बताएका हुन्।
‘गरिव देशको जम्बो संसद कानुन निर्माणका सवालमा अकर्मण्य भएको र भत्ता खानमा मात्र सीमित देखिएको छ। विश्व विद्यालय शिक्षालाई व्यवस्थित र थप गुणस्तरिय बनाउन उच्च शिक्षा ऐन यथासक्य छिटो ल्याउनु पर्दछ,’ महरले भने।
शिक्षाभित्र नयाँ प्रविधि प्रवेशबाट अहिलेका युवा झनै स्वतन्त्र भएर आफैँ नेतृत्व लिन तयार भएका कारण हरेक कुरामा न्यूनर्मल खोजी रहेकाले उनीहरूले व्यक्तिको शासन नबोक्ने महरको दाबी छ।
पूर्वराजाका पक्षमा प्रायोजित रुपले केही मानिसले होहल्ला गरेर चियाको कफमा तुफान ल्याउन खोजे पनि फरक नपर्ने तर राजनीति पनि उत्तिकै संग्लो हुन हुन आवश्यक रहेको उनको तर्क छ। ‘यो स्वतन्त्रताको युग हो। अहिलेका युवा म नेतृत्व गर्न सक्छु भनेर तयार भइरहेका छन्। व्यक्तिको शासनलाई कसैले बोक्छ जस्तो मलाई लाग्दैन,’ उनले भने।
नेता महरले अहिले युवाले प्रत्येक कुरामा न्यूनर्मल खोजिरहेकाले शिक्षा पनि युग सुहाउँदो हुनुपर्ने धारणा राखेका छन्। ‘युग सुहाउँदो शिक्षाका लागि आवश्यक विषय विधेयकमा लेखिनुपर्छ। म तपाईंहरूलाई प्रश्न गर्न चाहन्छु, नेपालका विश्व विद्यालय र प्रतिष्ठानका पदाधिकारी तथा सबै विचार धाराका प्राध्यापक बसेर राष्ट्रलाई विधेयक दिन सक्नुहुन्छ? यो तयारी गर्नुहोस्। यो आजको आवश्यकता हो। विज्ञले देशको अर्थतन्त्र र विश्व हेरेर तयार पारेको विधेयक सदनले अस्विकार गर्दा अर्को बहस होला,’ उनले भने।
यसका साथै महरले स्वदेशमा टिक्ने र विदेशमा विक्ने शिक्षा युवाको माग रहेको र त्यही नै अहिलेको आवश्यकता भएको प्रस्ट्याएका छन्। विश्व विद्यालयको शिक्षालाई व्यापक रुपमा हेरिनुपर्ने र त्यसको दायरा फराकिलो पारिनु पर्ने उनको भनाइ छ।
अहिलेको युग एआई प्रविधिमा पुगिसकेकाले शिक्षालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा सबै सचेत रहनु पर्ने उनले बताए। ‘एआईका माध्यमले हामीले शिक्षालाई कसरी व्यवस्थित गर्न सक्छौं भन्नेमा सचेत हुनुपर्छ। ‘डार्य ईन्डस्ट्रीज’ मा आज उज्यालो बिना पनि मेसिनले काम गरिरहेको समयमा हामीले हाम्रो शिक्षालाई कसरी प्रतिष्पर्धि बनाउँछौं भन्ने महत्त्वपूर्ण कुरा हो,’ उनले भने।

















नागढुङ्गाबाट पेस्तोलसहित एक जना पक्राउ
सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
निर्वाचन आयोगसँगकाे सहकार्यमा टिकटकले सुरु गर्यो ‘इन–एप इलेक्सन सेन्टर’
श्रीलङ्कामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाकोृ मृत्यु तीन घाईते
एनआईसी एशिया बैंकले ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म घर कर्जा दिने
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया