प्रहरी चौकी खार्पाको १२ वर्षपछि आफ्नै भवन

खोटाङ । स्थापनाको १२ वर्षपछि रावाबेँसी गाउँपालिका-२ खार्पास्थित प्रहरी चौकी खार्पाले आफ्नै भवन निर्माण गरिएको छ । रु दुई करोड ९५ लाख ३२ हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो ।
विसं २०६९ मा स्थापना भएको खार्पा प्रहरी चौकीले अघि साविक खार्पा गाउँ विकास समिति (गाविस) कै पुरानो भवनबाट सेवा प्रदान गर्दै आएको थियो । स्थापना भएको १२ वर्षसम्म साँघुरो तथा कच्ची भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । नवनिर्मित भवनमा साना ठूलो गरी ११ कोठा छन् । साढे दुई तले सो भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्ष, महिला तथा पुरुष हिरासत कक्ष, महिला र पुरुष ब्यारेक, प्रमुख आवास तथा मरोजञ्जन हल निर्माण गरिएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले आइतबार सो भवनको उद्घाटन गरेका हुन् । सुविधा सम्पन्न भौतिक संरचनाले प्रहरीलाई सेवा प्रवाह गर्न मनोबल बढ्ने उनको भनाइ थियो ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया