स्पोर्ट्स अवार्ड: महिला विधाको वर्ष खेलाडी मनोनयन सार्वजनिक

धनगढी । ‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ को वर्ष खेलाडी महिला विधाको मनोनयन सार्वजनिक गरिएको छ । खेलकुद पत्रकार मञ्च कैलालीका अनुसार अनुसार खोखोकी मानमती धामी, कबड्डीकी मानमती विष्ट र बक्सिङकी स्वस्तिका तिरुवा वर्ष खेलाडी महिलाको मनोनयनमा परेका छन् ।
बक्सिङकी तिरुवा बहराइनमा भएको आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपाललाई स्वर्ण पदक जिताउने खेलाडी हुन् । कबड्डीकी बिष्ट नेपाललाई एसियन महिला कबड्डी च्याम्पियनसिपमा पहिलोपटक कांस्य पदक जिताउने कप्तान हुन् ।
इरानमा भएको छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा नेपाली महिला टोलीलाई दुई दशकपछि कांस्य पदक दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । खोखोकी धामी प्रथम विश्वकपको महिलातर्फ नेपाललाई उपविजेता बनाउने खेलाडी हुन् । उक्त विश्वकपमा उनी दुई खेलमा बेस्ट अट्याक र एकपटक बेस्ट प्लेयर र बेस्ट डिफेन्डरको उपाधि जित्ने खेलाडी हुन् ।
चैत १९ गते धनगढीमा अवार्डको छैटौं श्रृंखला आयोजना हुनेछ । विभिन्न आठ वटा विधामा अवार्ड प्रदान गर्न लागिएको आयोजकले जनाएको छ । सुदूरपश्चिम आइकन पुरुष र महिला तथा वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन् ।
यस्तै, वर्ष प्रशिक्षकको मनोनयमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छिन् ।
सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् । वर्ष खेलाडी पुरुषको मनोनयन भने बाँकी छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले बताए । पाठकका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया