आईपीएलमा लखनउविरुद्ध दिल्लीको सनसनीपूर्ण जित

काठमाडौं । आशुतोष शर्मा र विपराज निगमको शानदार ब्याटिङमा दिल्ली क्यापिटलले इन्डियन प्रियमर लिग (आईपीएल)मा विजयी सुरुवात गरेको छ ।
सोमबार भएको आईपीएलको खेलमा लखनउ सुपर जेन्ट्समाथि दिल्लीले एक विकेटको सनसनीपूर्ण जित हात पारेको हो । २१० रनको लक्ष्य दिल्लीले ९ विकेटको क्षतिमा तीन बाल बाँकी रहँदा पुरा गरेको हो ।
म्यान अफ द म्याच बनेका शर्माले अविजित रहँदै ३१ बलमा ६६ रन जोडे । उनले ५ चौका र ५ छक्का प्रहार गरे । यसैगरी निगमले १५ बलमा ३९ रन जोडे । दिल्लीको सुरुवात भने खराब थियो । दुई बलमा दुई विकेट गुमाएको दिल्लीले सात रनमा तेस्रो विकेट गुमाइसकेको थियो ।
कप्तान अक्षर पटेल र उपकप्तान फाफ डु प्लेसिसले चौथो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । ६५ रन बनाउँदा पाँचौँ विकेट गुमाएको दिल्लीले १३ औँ ओभरमा ट्रिस्टयन स्टब्सलाई छैटौँ विकेटको रूपमा गुमाएपछि हार निश्चित झैँ देखिएको थियो । सोही समयमा निगमले सातौँ विकेटका लागि महत्त्वपूर्ण साझेदारी गरेका हुन् । निगम र शर्माको ५५ रनको साझेदारीले खेललाई जिततर्फ लगेको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले आठ विकेटको क्षतिमा २०९ रन जोडेको हो । लखनउका लागि मिचेल मार्सले ३६ बलमा ७२ तथा निकोलास पुरणले ३० बलमा ७५ रन प्रहार गरे । यी दुईले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । कुनै समय २४० स्कोर पार गर्ने सम्भावना रहेको लखनउलाई रोक्ने क्रममा कुलदिप यादवले चार ओभरमा २० रन खर्चेर दुई विकेट लिए । मिचेल स्टार्कले चार ओभरमा ४२ रन खर्चे पनि तीन विकेट लिए । मार्स र पुरण आउट भएपछि डेभिड मिलरले अविजित रहँदै १९ बलमा २७ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान असफल भए ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया