प्रधानमन्त्री रोजगार कार्यक्रमः नमोबुद्धमा तालिम

काभ्रेपलाञ्चोक। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ कार्यक्रम सञ्चालन भएको छ । अभियानअन्तर्गत पहिलो चरणमा नगरका ४० जना युवायुवतीलाई समेटेर ५० दिने प्लम्बिङ र डकर्मी तालिमको व्यवस्था भएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामार्फत सशर्त अनुदान शीर्षकमा विनियोजित कार्यस्थलमा आधारित सीप विकास तालिम सञ्चालन गरिएको नमोबुद्ध नगरपालिकाका रोजगार संयोजक अमृत खनालले बताए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्दै आएको उक्त कार्यक्रममा नगरक्षेत्रमा बसोबास गर्ने १८ देखि ५९ वर्ष उमेर समूह, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, वडा समिति, स्थानीय निर्देशक समिति तथा अन्य सरोकारवालाको सहभागितामा उक्त नगरका ११ वटै वडामा अभिमुखीकरण आयोजना गरिएको थियो । त्यसअघि नगरभित्रका विभिन्न वडामा साझेदारीमा वडागत योजनामार्फत ६५ बेरोजगारलाई एक सय दिनको रोजगारी दिइएको थियो ।















पेट्रोलीयम पदार्थकाे सुरक्षामा चीनको कडाइ
महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश
ज्योति विकास बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
प्रतिक्रिया