मुख्य न्यायाधिवक्ताको कार्यालयलाई दिइने पेसीको सूचना पठाउने अनलाइन प्रणाली शुभारम्भ

काठमाडाैं। सर्वोच्च अदालतबाट मुख्य न्यायाधिवक्ताको कार्यालयलाई दिइने पेसीको सूचना पठाउने अनलाइन प्रणाली शुभारम्भ गरिएको छ।
मंगलबार सर्वोच्चमा आयोजित एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना पठाउने अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन्।
त्यस्तै उनले जिल्ला अदालतहरुमा दर्ता हुने विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाईन प्रणालीको समेत सुरुवात गरे।
यसबाट मुद्दाको सुनुवाई प्रक्रिया छिटो छरितो हुने तथा अदालतहरुमा न्यून कागजात प्रयोग हुने निकायको रुपमा बिकास हुने अपेक्षा गरिएको सर्वोच्चले जनाएको छ।
कार्यक्रममा प्रधानन्यायाधीश राउतले प्रविधिमार्फत हुने सुधारलाई निरन्तरता दिने र यसले न्याय क्षेत्रमा अनियमितता हटाउँदै सेवा सुविधालाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले जसरी भएपनि न्यायक्षेत्रलाई सुधार गरेरै छाड्ने प्रतिवद्धता जनाए।
अदालतहरुको मुद्दा व्यवस्थापनलाई सरल, सहज र प्रभावकारी बनाउन सर्वोच्च अदालतले सूचना प्रविधिको प्रयोगमा जोड दिइरहेको उनले बताए।
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया