विपक्षीको अवरोध कायमै रहेपछि संसद बैठक भोलिसम्मका लागि स्थगित
मेरोन्यूज
२०८१ चैत १२ गते १५:२०

काठमाडौं। प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै विपक्षी दलहरूले बैठक अवरोध गरेका थिए ।
त्यसपछि सूचना टाँस गरेर ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । ३ बजेपछि फेरि बैठक सुरु भए पनि विपक्षीको अवरोध कायमै रहेको हो ।
सञ्चालनका लागि सहयोग गर्न आह्वान गरेपनि विपक्षीदलहरू अवराेध कायम राखेपछि सभामुख देवराज घिमिरेले बैठक बिहीबार बिहानसम्मका लागि स्थगित गरेका हुन् ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया