स्काईवेलको सोरुम पोखरामा पनि

काठमाडौं । नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईवेलले पर्यटन नगरी पोखरामा सोरुम आज औपचारिक उद्घाटन गरेको छ ।
नेपालमा पाइने विद्युतीय सवारी साधनहरु मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ नेपाली बजारमा एक वर्ष अगाडी भित्र्याएको थियो ।
बुधबारका नाडाका पूर्व अध्यक्ष ध्रुब थापाले एक समारोहका विच रिवन काटेर विक्री कक्षको उद्घाटन गरेका हुन् ।
उद्घाटनका अवसरमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्रि म्यानेजर भिरा एवं जि मोटर्स प्रा.लि. का प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल, कार्यकारी निर्देशक पारस मणी गेलाल तथा स्काईवेलका पोखरा वितरक इको मोटर्स प्रा. लि. का संचालक अर्जुन गिरीको उपस्थिती रहेको थियो ।
चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भईरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्टे«लिया, मिडल इस्ट, रसिया, सहित एशियामामा समेत आफ्नो बलियो बजार साख श्रृजना गरिसकेको छ ।
स्काईवेल चीनीयाँ ईलेक्ट्रोनिक्स्जाईन्ट स्काईवर्थको ब्राण्ड हो । राम्रो फाईनान्सीयल ब्याक अप, रिसर्च एण्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सकेको हो ।
नेपाली बजारमा भित्रिएको एक वर्ष भित्रमै राम्रो ब्रण्ड भ्यालु कायम गर्न सकेको स्काईवेलले १०० भन्दा बढी एसयुभीहरु नेपालमा विक्री गरिसकेको छ ।

नेपालका लागि आधिकारीक आयातकर्ता तथा विक्रेता जि. मोटर्स प्रा. लि. रहेको स्काईवेलले छोटो समयमा हाँसिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्राण्ड र नेपालमा जि. मोटर्सको बलियो बिक्री पश्चातको सेवा भएको देखिन्छ ।
कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल भने, “पोखराका कार पारखीलाई हामी नयाँ अनुभव दिन सफल हुनेछौं । २०० मिलिमिटरको उच्च ग्राउण्ड क्लियरेन्स र ६२० किलोमिटरको रेन्ज भएकाले पोखराका पर्यटन ब्यावसायिले यसबाट ब्यावसायिक लाभ समेत हाँसिल गर्न सक्नुहुनेछ । युरोप, अष्टेलिया र मिडल ईष्टका पर्यटक नेपाल आउँदा आफूले पहिल्यै आफ्नो देशमा देखिसकेका लग्जरी गाडि पोखरामा देख्न र प्रयोग गर्न पाउँदा पक्कै पनि त्यसले नेपालको पर्यटन क्षेत्रको गुणस्तरका सन्दर्भमा सकारात्मक सन्देश विश्व माझ प्रवाह हुनेछ ।”
आयोजित समारोहमा बोल्दै जि. मोटर्सका कार्यकारी निर्देशक पारस मणि गेलाल भन्छन्, स्काईवेल साधारण ईभी मात्र होईन यो प्रिमियम एसयुभी ब्राण्डको रुपमा छोटो समयमै प्रतिष्ठा आर्जन गर्न सफल भएको लक्जरी सवारी साधन हो । यो सवारी चढेर हिंड्ने हाम्रा ग्राहकले जती गर्व गर्नुहुन्छ, यथार्थमा त्यस अनुसारको नेपाली बजारमा ब्राण्ड भ्यालु र सेवा सुविधा बनाउनु हाम्रो दायित्व हो त्यसमा हामी कहिं चुक्ने छैनौं ।”
एक करोड १५ लाख रुपैंया मूल्य सम्म पर्ने स्काईवेलका एसयुभीको शुरुवाती भेरियन्टको ४१० किलोमिटर रेन्ज भएको एसयुभी नै ७९ लाख ९० हजार रुपैंया मूल्य पर्छ । यसै बर्ष स्काईवेलले अहिले सम्मकै प्रिमियम फिचर भएको सानो एसयुभी पनि लिएर आउँदैछ ।
स्काईवेलका पोखरा वितरक इको मोटर्स प्रा. लि. का संचालक अर्जुन गिरीले स्काईवेलले पोखराका उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको बताउँदै विक्री पश्चात ग्राहकसँग नयाँ सम्बन्धको शुरुवात हुने र विक्री पश्चातको सेवामा अग्रणी रहने प्रतिबद्धता जाहेर गरे ।










देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया