सेयर बजारमा उछाल, ४१ अंकले बढ्यो नेप्से, ५ अर्ब बढीको कारोबार
मेरोन्यूज
२०८१ चैत १३ गते १५:४०

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४१.६७ अंकले बढेको छ । बिहीबार नेप्से १.५८ प्रतिशतले बढेर २६६३.५४ को विन्दुमा पुगेको छ ।
यस दिन ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैयाँमा ९७ लाख ७२ हजार १९६ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा रहेका २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने, १६ कम्पनीको सेयर मूल्य घटेको छ ।
सबैभन्दा धेरै गुरास र सिर्जनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कुमारी सबल योजनाको सेयर मूल्य १.८२ प्रतिशतले घटेको छ ।
कारोबारमा रहेका १३ वटै उपसमूहको समूहगत परिसूचक बढेका छन् । सबैभन्दा धेरै व्यापार क्षेत्रको सेयरमूल्य ५.०५ प्रतिशतले बढेको छ ।
सम्बन्धित















७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
प्रतिक्रिया