आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि वनमन्त्रीले दिए राजीनामा
मेरोन्यूज
२०८१ चैत १५ गते १२:४१

धनगढी– सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । काठ व्यापारीहरूसँगको आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि उनले शनिवार पदबाट राजिनामा दिएका हुन् ।
गत असोजमा भएको छलफलका क्रममा गरिएको आर्थिक लेनदेनसम्बन्धी कुराकानीको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिन निर्देशन दिएका थिए ।कैलालीको टीकापुरमा रहेका चौधरीलाई धनगढीस्थित निवासमा बोलाएर मुख्यमन्त्री शाहले राजीनामा नदिए पदबाट बर्खास्त गर्ने चेतावनी दिएका थिए । मन्त्री चौधरीले पदबाट राजीनामा दिएको मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्बर बमले पुष्टि गरेका छन् ।
सम्बन्धित











अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार
सरकार र मुख्य राजनीतिक दलबीच निर्वाचन सफल पार्ने समझदारी
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया