आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि वनमन्त्रीले दिए राजीनामा
मेरोन्यूज
२०८१ चैत १५ गते १२:४१

धनगढी– सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । काठ व्यापारीहरूसँगको आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि उनले शनिवार पदबाट राजिनामा दिएका हुन् ।
गत असोजमा भएको छलफलका क्रममा गरिएको आर्थिक लेनदेनसम्बन्धी कुराकानीको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिन निर्देशन दिएका थिए ।कैलालीको टीकापुरमा रहेका चौधरीलाई धनगढीस्थित निवासमा बोलाएर मुख्यमन्त्री शाहले राजीनामा नदिए पदबाट बर्खास्त गर्ने चेतावनी दिएका थिए । मन्त्री चौधरीले पदबाट राजीनामा दिएको मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्बर बमले पुष्टि गरेका छन् ।
सम्बन्धित
















पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रतिक्रिया