शार्फु–४ मा पहिलोपटक मानव पाइला

ताप्लेजुङ । कञ्चनजङ्घा क्षेत्रमा पर्ने छ हजार चार सय ३३ मिटर अग्लो शार्फु–४ हिमालमा पहिलोपटक मानवले पाइला टेकेका छन् । गत मङ्गलबार चिलीका पर्वतारोही हर्नान डेबिड लियलको नेतृत्वमा आएको टोलीले पहिलोपटक उक्त हिमालको सफल आरोहण गरेको आरोहण दलका सदस्य पूर्णिमा श्रेष्ठले जानकारी दिए ।
एक्स्ट्रिम क्लाइम्बर्समार्फत आएको टोलीले गरेको शार्फु–४ लाई मिनी अन्नपूर्ण को सङ्ज्ञा पनि दिइएको छ । नेतृत्वदायी भूमिकामा रहनुभएका लियलले यसअघि नेपाल, तिब्बत र पाकिस्तानका आठ हजार र छ सय मिटर अग्ला हिमालमा आरोहण गरिसकेका छन् ।
टोलीमा अन्य तीन जना नेपाली आरोही सहभागी थिए। सोलुखुम्बूका पर्वतारोही लाक्पाछिरी शेर्पा, ताप्लेजुङका नाङ्डा शेर्पा र गोरखाकी पूर्णिमा श्रेष्ठ उक्त टोलीमा रहेका थिए । हिमालयको चुनौतीपूर्ण भूगोललाई जित्दै, शार्फु–४ को पहिलो आरोहण हुनु विश्वभरका पर्वतारोहीका लागि प्रेरणादायी बन्ने अपेक्षा गरिएको आरोहण दलको नेतृत्व गरेका लियलले बताए।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया