छ वर्षीया बालिकाको डुबेर मृत्यु
मेरोन्यूज
२०८१ चैत १५ गते २०:४५

काठमाडौं । यहाँको सिरिजङ्घा गाउँपालिका–५ खेसेवामा छ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ। स्थानीय ताराहाङ माबोकी छोरी ईतुङना माबोको पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार घर नजिकै पानी ट्याङ्कीमा डुबेको अवस्थामा स्थानीयले फेला पारेका थिए। प्राथमिक उपचारका लागि निजलाई प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए।
घटनापछि प्रहरी निरीक्षक दुर्गा खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई जिम्मा लगाएको रावलले जानकारी दिए।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया