पूर्वराजाको सुरक्षामा खटिएका टोली परिवर्तन, संख्या पनि घटाइयो
मेरोन्यूज
२०८१ चैत १६ गते ९:२२

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका सुरक्षा टोली परिवर्तन गरेकाे छ र संख्या पनि घटाएको छ । त्यहाँ खटिएको २६ जनाको टोलीलाई फिर्ता बोलाएर १६ जनाको नयाँ टोली खटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।
ज्ञानेन्द्र निवासमा डीएसपी जगदीश हमालको कमान्डमा २६ जनाको टोली खटिएको थियो। उक्त टोलीलाई फिर्ता बोलाएर ९ नं बाहिनी बलम्बुमा कार्यरत डीएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको टोली खटाइएको हो।
भीभीआईपीको सुरक्षा मापदण्डअनुसार १६ जना पाउने भए पनि सरकारले यसअघि २६ जना खटाउँदै आएको थियो।शुक्रबारको हिंसात्मक घटना ज्ञानेन्द्रकै कारण भएको निष्कर्ष निकाल्दै सरकारले उनलाई दिएको सुविधामा पुनर्विचार गर्ने क्रममा सुरक्षाकर्मीको टोली परिवर्तन र संख्या घटाउने निर्णय लिएको हो।
सम्बन्धित














गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकू बिक्री
ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
प्रतिक्रिया