एथरको नयाँ मोडल २०२५ एथर ४५०एक्स र ४५०एस नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा २०२५ एथर ४५०एक्स र ४५०एस सार्वजनिक भएकाे छ ।
नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले बजारमा नयाँ मोडल भित्र्याएकाे हाे ।
‘बाइक अफ स्कुटर’ उपनाम दिइएको २०२५ एथर ४५०एक्स अब बहु–मोड ट्रयाक्सन कन्ट्रोलसहित उपलब्ध हुनेछ, जसले यस स्कुटरलाई अझ सुरक्षित, प्रभावकारी र सुविधाजनक बनाएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार बहु–मोड ट्र्याक्सन कन्ट्रोल प्रणालीले पक्की वा चिप्लो सडकमा स्कुटरको पछिल्लो पाांग्रालाई अगाडिको पाांग्रासँग तालमेल मिलाउन मद्दत गर्दछ, जसले स्कुटरलाई थप स्थिरतार नियन्त्रण गर्दछ । यस सुविधाले शहरको ट्राफिकदेखि अफरोड सम्म आत्मविश्वासका साथ सवारी गर्न सहयोग गर्छ ।
यो स्कुटर रेन मोड, रोड मोड र -याली मोड गरी तीन मोडमा उपलब्ध छ । स्कुटरको रेन्ज सुधार गर्नका लागि नयाँ टायर टेक्नोलोजी प्रयोग गरिएको छ ।
यसका लागि एथरले एमआरएफसँग सहकार्य गरी नयाँ मल्टी–कम्पाउन्ड टायर विकास गरेको छ, जसले ब्रेक लगाउँदा उर्जा क्षति कम गर्छ र उर्जा खपतलाई अनुकूल बनाउँछ ।
३.७ किलोवाट आवर क्षमताको ब्याट्री भएको एथर ४५०एक्सको वास्तविक रेन्ज १३० किलोमिटर भएको कम्पनीको दावी छ । आईडीसी अनुसार भने यसको रेन्ज १६१ किलोमिटर छ ।
त्यसैगरी २.९ किलोवाट आवर क्षमताको एथर ४५०एक्स र ४५०एसको वास्तविक रेन्ज १०५ किलोमिटर छ । आईडीसी अनुसार भने यसको रेन्ज क्रमशः १२६ र १२२ किलोमिटर छ ।

स्कुटरमा परिस्कृत सफ्टवेयर इन्जिन एथर स्ट्याक ६ प्रयोग गरिएको छ । यसमा गुगल म्याप्स, एलेक्सा भ्वाइस असिस्ट, ह्वाट्सएप, पिङ माई स्कुटर र लाइभ लोकेसन लगायतका सुविधा उपलब्ध छन् ।
नेपाली बजारमा २०२५ मोडलको एथर ४५० एसको मूल्य ३ लाख २४ हजार ९९९ तोकिएको छ । त्यसैगरी २.९ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ६४ हजार ९९९ र ३.७ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ९९ हजार ९९९ तोकिएको छ ।
८ वर्ष वा ८० हजार किलोमिटरको ब्याट्री वारेन्टी र ७० प्रतिशत ब्याट्री हेल्थ ग्यारेन्टी उपलब्ध गराउने कम्पनीले बताएको छ ।
वैद्य इनर्जीले नेपालमा २०२३ देखि नै एथर इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरेर एथर एक्सपेरियन्स सेन्टर खोलेको थियो । हाल नेपालभर ६ एक्सपेरियन्स सेन्टर, १ टेस्ट राइड जोन, ५ सर्भिस सेन्टर र २१ एथर ग्रिड चार्जिङ स्टेसन रहेको बताइएको छ ।
वैद्य इनर्जीले एथर रिज्टा इलेक्ट्रिक स्कुटरको बुकिङ समेत खुला गरिएकाे छ ।















राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय
Nepal Airlines to operate special rescue flight to Dubai tonight
रविको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटमा पूर्ण सुनुवाइ हुने
ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँ त्रासमा
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
प्रतिक्रिया