माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ

काठमाडौं । काठमाडौँको माकलबारीमा गाडिएको अवस्थामा एक युवकको शव भेटिएको छ ।
चैत ११ गतेदेखि हराइरहेका राहुल साहको चैत १५ गते माकलबारीको आरके मोटरसाइकल वर्कसपको पछाडी जमिनमा गाडीएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दियो ।
साहको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको बिहार घर भई काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ घर भएका २२ वर्षीय निपु मण्डल, सोही गाउँपालिका–६ का १८ वर्षीय विजय यादव, सोही ठाउँका १८ वर्षकै करन कुमार महतो, सोही ठाउँका २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल छन् ।
सर्लाहीको चक्रघट्टा-८ घर भइ काठमाडौं गोकर्णेश्वर बाहुनधारा बस्दै आएका १९ वर्षीय साह हराएको सूचना प्रहरी वृत्त बोद्धमा पुगेपछि प्रहरीले खोजतलास गरेको थियो।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा लेनदेनको विषयलाई लिई उनकाेको हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दियो ।
















लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
FNJ marks World Press Freedom Day, argues free press a fundamental human rights
इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया