झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ

विराटनगर । झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित आइतबार ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
झापाको अर्जुनधारा नगरपालिका-११ स्थित नयाँ बसपार्कबाट १९ वर्षीया बर्षा केदेमलाई २ ग्राम १९० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको हो।
त्यस्तै, झापाको मेचीनगर नगरपालिका-६ बाट ३८ वर्षीया संयोग बस्नेत र ३४ वर्षीय अंकित कार्कीलाई ९ ग्राम ७ सय ८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ।
सुनसरीको विजयपुरबाट प्रहरी टोलीले १८ वर्षीया आकृती परियारलाई ११७ क्याप्सुल ट्रामाडोल र ११७ ट्याब्लेट स्पास्पेनसहित पक्राउ गरेको छ भने इनरुवा नगरपालिका-९ का ३६ वर्षीय जितेन चौधरीलाई १ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ।
मोरङ केराबारी गाउँपालिकाबाट ३५ वर्षीय युवराज कटुवाललाई ३ ग्राम २५ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो। साथै, उदयपुरको रामपुर ठोक्सिला र कोठु प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले १५ किलो गाँजा बरामद गरेको छ।
प्रहरीले लागुऔषधको नियन्त्रण र बिक्रीवितरणमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी राखेको जनाएको छ।
















अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया