ज्योति विकास बैंकद्वारा सुदूरपश्चिम प्रदेशका चार अति दुर्गम स्थानका अस्पताललाई बेबी वार्मर जडान

काठमाडौं । ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा बर्थिङ सेन्टरहरूलाई बेबी वार्मर प्रदान गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई ध्यानमा राखी ती बेबी वार्मर सहयोगस्वरुप प्रदान गरेको जनाएको छ ।
विभिन्न कार्यक्रमहरूमार्फत बैंकका मार्केटिङ, ब्रान्डिङ तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशलजंग अधिकारीले ती स्वास्थ्य चौकीहरूका पदाधिकारीलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिमा ती बेबी वार्मर हस्तान्तरण गरेका हुन् ।
नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन जीवनरक्षक चिकित्सा उपकरण ‘बेबी वार्मर’ (न्यानो नानी)को प्रयोग गरिन्छ । बैंकले सुदूरपश्चिम प्रदेशका पहाडी भेगका अति दुर्गम चार स्थानमा सो मेसिन जडान गरेको छ । दुर्गम क्षेत्रमा सुरक्षित प्रसूति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका ती स्थानहरूमा पनि बेबी वार्मर प्रदान गरेको हो ।
ज्योति विकास बैंकको पहलमा बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको छ । साथै, दार्चुला जिल्लाको लेकम नगरपालिका– २, सर्मौली अवस्थित सर्मौली हेल्थ पोस्ट र अपि हिमाल गाउँपालिका– ५, सौगन्नामा अवस्थित सौगन्ना आधारभूत स्वास्थ्य केन्द्रमा पनि बेबी वार्मर जडान गरिएको छ ।
यसका अतिरिक्त बैंकले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका– २, ब्रह्मटोल अवस्थित ब्रह्मटोल हेल्थ पोस्टमा पनि बेबी वार्मर जडान गरेको छ । बुढीगंगा नगरपालिकाकै पहिलो बेबी वार्मरले उक्त क्षेत्रको प्रसूति सेवामा थप सहजता पुग्ने भएकाले सम्बन्धित निकायहरू पनि थप उत्साहित भएका छन् ।
सो अवसरमा अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीहरूलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिमसमेत प्रदान गरिएको थियो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत ती चारवटा अस्पताल तथा बर्थिङ सेन्टरसहित हालसम्म देशभर ५९ वटा बेबी वार्मर मेसिनहरू प्रदान गरिसकेको छ ।
विशेष गरी ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै बैंकले उक्त मेसिन प्रदान गर्दै आएको छ । साथै, हालसम्मको योगदानले करिब १०,३२५ भन्दा बढी शिशुहरू प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भएका छन् ।
ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आइरहेको छ ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया