प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल प्याब्सनले तीन वर्षका लागि कार्ययोजना सार्वजनिक गरेको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले कार्ययोजना सार्वजनिक गर्दै नेपालको शिक्षा विकास र विस्तारका लागि कार्ययोजना प्रभावकारी र उपलब्धिमूलक हुने बताए ।
कार्ययोजनामा निजी विद्यालयहरूले प्रदान गर्दै आएको शैक्षिक गुणस्तरलाई अझै समयसापेक्ष बनाउँदै राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बनाउन निरन्तर क्रियाशील रहने र त्यसका लागि आवश्यकताअनुसार तीनै तहका सरकारसँग सहकार्य गर्ने, विद्यालय शिक्षालाई सबै नेपालीको पहुँचभित्र रहन आवश्यक प्रवद्र्धनात्मक क्रियाकलाप गर्दै यसको स्तर अभिवृद्धिका लागि नवप्रवर्तनलाई जोड दिने उल्लेख छ ।
यस्तै प्याब्सनले निजी विद्यालयको लगानी सुनिश्चितताको सवालमा हाल संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई कम्पनीमा रहने व्यवस्था कायम राख्न आवश्यक सम्पूर्ण प्रयास गर्दै थप लगानीमैत्री वातावरणको सिर्जना गर्ने पनि कार्ययोजनामा समेटिएको छ ।
















गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया