जिम्मेवारीमा फर्किएका रविले कांग्रेस-एमालेलाई भने: दुई चोर मिलेर साधु हुँदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्किएका रवि लामिछानेले कांग्रेस–एमालेले लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार लामिछानेले आफूले लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न नछाड्ने स्पष्ट पारे ।
“लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछने चुप बस्दैन । लुटतन्त्रलाई टुलुटुलु हेर्न सकिनँ र निस्किएँ,” लामिछानेले भने, “चारवटा अदालतमा मुद्दा लगाएर शिरमाथि तरवार झुन्डिएको छ । तरवार झर्छ र काट्छ भने तयार छु, सम्मानित अदालतप्रति मेरो विश्वास छ ।”
उनले रास्वपालाई गणतन्त्रको पक्षमा छैन भनेर प्रचार गरिएको भन्दै आपत्ति जनाए। ‘गणतन्त्रवादीको पक्षमा छैनौँ भनेर हिलो छ्याप्ने प्रयास भइरहेको छ। रास्वपा खोल ओड्दैन। तपाईंको कित्तामा उभिएर फोटो खिचाउने पक्षमा रास्वपा छैन,’ उनले भने, ‘हामी हिंसाका विरोधी हौँ। कुन बेला मेरो आवाज बन्द गर्छन् मलाई थाहा छैन। रासवपा विभाजन गर्न टुटाउन लागिपरेका छन्। हामीसँग एकै उपाए छ- जुनबाटो हामी हिनेका छौँ। दई ठूला दल मिलेर सरकार बनाइएको छ। दुई चोर मिलेर साधु हुँदैन।’














Over 20 killed in train accident at China-backed project in Thailand
सेयर बजारमा झिनो अंकको सुधार
सुमन सायमीको समूह नेकपामा समाहित
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया