शनिबार, वैशाख २६, २०८३

जिम्मेवारीमा फर्किएका रविले कांग्रेस-एमालेलाई भने: दुई चोर मिलेर साधु हुँदैन

मेरोन्यूज २०८१ चैत १७ गते १५:५९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्किएका रवि लामिछानेले कांग्रेस–एमालेले लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् ।

Advertisement
NiccNicc

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार लामिछानेले आफूले लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न नछाड्ने स्पष्ट पारे ।

“लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछने चुप बस्दैन । लुटतन्त्रलाई टुलुटुलु हेर्न सकिनँ र निस्किएँ,” लामिछानेले भने, “चारवटा अदालतमा मुद्दा लगाएर शिरमाथि तरवार झुन्डिएको छ । तरवार झर्छ र काट्छ भने तयार छु, सम्मानित अदालतप्रति मेरो विश्वास छ ।”

उनले रास्वपालाई गणतन्त्रको पक्षमा छैन भनेर प्रचार गरिएको भन्दै आपत्ति जनाए। ‘गणतन्त्रवादीको पक्षमा छैनौँ भनेर हिलो छ्याप्ने प्रयास भइरहेको छ। रास्वपा खोल ओड्दैन। तपाईंको कित्तामा उभिएर फोटो खिचाउने पक्षमा रास्वपा छैन,’ उनले भने, ‘हामी हिंसाका विरोधी हौँ। कुन बेला मेरो आवाज बन्द गर्छन् मलाई थाहा छैन। रासवपा विभाजन गर्न टुटाउन लागिपरेका छन्। हामीसँग एकै उपाए छ- जुनबाटो हामी हिनेका छौँ। दई ठूला दल मिलेर सरकार बनाइएको छ। दुई चोर मिलेर साधु हुँदैन।’

प्रतिक्रिया